इलाम ।

इलामको माई नगरपालिका–२ का १४ बर्षीय बालक रुबिन मगर माई खोलाले बगाएर बेपत्ता भएका छन् ।
गाई बस्तु हेर्न गएका मगर बिहिवार दिउँसो ४ बजेको समयमा माई खोलामा पौडी खेल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
उनको प्रहरी चौकी दानावारीबाट गएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।































