प्रिय सावन र म

0
743

कविता

भिजाउँछु सावनले
गर्दिन यो श्रृंगार आज
थोपा थोपामा रसाउँछु,
गर्दिन यो श्रृंगार आज !

मन्द मन्द मेघ गर्जिदै
पात पातमा वर्षा बर्सियो
पायल बिझाउँछ मलाई,
गर्दिन यो श्रृंगार आज !

खुल्लै राख्छु केश राशी
अंग अंगमा धुन भर्छु
इन्द्रेणीकै रंगमा भुल्छु,
गर्दिन यो श्रृंगार आज !

स्वाभाविक छ उनको ढंग
पुछिदिएँ निरस रंग
पवित्र छ उनको स्पर्श
गर्दिन यो श्रृंगार आज !

दंग पर्दै नाच्दै होला,
उपवनमा मयुर पनि
सृष्टि नै मुग्ध होला,
गर्दिन यो श्रृंगार आज !

चित्रा कोइराला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here