झापाको दक्षिणी नाकाबाट सुर्ती र युरिया मलको तस्करी

0
987

भद्रपुर ।

झापाको दक्षिणी नाकाबाट सुर्ती र युरिया मलको तस्करी भइरहेको छ । सशस्त्र प्रहरीले सुर्ती र युरिया मल बरामद गरेपछि तस्करी गतिविधि भइरहेको खुलेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापा र बोर्डर आउट पोस्ट केचनाबाट खटिएको सशस्त्र प्रहरी टोलीले अवैध रुपमा भन्सार छलेर नेपाल भित्राइएको तीन बोरा सुर्ती, ४८ बोरा युरिया मल र १६ कार्टुन सलाई बरामद गरेको छ ।

केचनाबाट भद्रपुरतर्फ आउँदै गरेको मे १ प २६०१ नम्बरको मोटरसाइकल र मे १ ह ६१५५ नम्बर को टेम्पुमा राखिएको सुर्ती, युरिया मल र सलाई बरामद गरिएको सशस्त्र प्रहरीका डिएसपी द्रोणविक्रम शाहले जानकारी दिए ।

बरामद गरिएको सामान र सवारीसाधन गरी ४ लाख १२ हजार ६ सय मूल्य तोकेर भद्रपुर भन्सार कार्यालय बुझाइसकेको उनले बताए । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेबाट खटिएको टोलीले बुद्बशान्ति गाउँपालिका २ जयपुर स्थित बिरीङ्ग खोलाको किनारमा लुकाई राखिएको २ लाख मूल्य बराबरको साल जातको चिरान काठ बरामद गरेको छ ।

बरामद गरिएको १० क्युफिट र गोलिया काठ ३५ क्युफिट गरी जम्मा ४५ क्युफिट काठ अर्जुनधारा १ स्थित हचुमारा सामुदायिक वनमा बुझाइसकेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here