गीत

0
914

 

सुजना खतिवडा

फुलबारीको बगैंचामा तिमीलाई देखेंँ
तिमी बेगर हुन्न फेरि आफ्नै मनमा राखेँ

सपनीमा झुल्की – झुल्की आई गयौ तिमी ,
विपनीमा आँखा खोल्दा काँही छैनौं तिमी ,
कहिलेकाहीँ सपनीमा बोले जस्तो लाग्छ ,
घरीघरी ब्युँझी हेर्दा निराशा नै छाउँछ।।

फुलबारीको………
जता जान्छु त्यतै घेर्छ तिम्रो छाँयाले
अलपत्रैमा पर्नु पर्यो फुलको मायाले
तिम्रै रूप बोकेको छ सबै फुलले,
यो जिन्दगी आहत छ यस्तै भुलले।।

फुलबारीको…….
विर्तामोड –२ , झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here