झापा ।

झापाको जलथलमा २०६० सालमा भएको हत्याको घटनाका एक जनालाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ ।
स्थानीय विरिकलाल माझीको हत्याको घटनामा संलग्न भएको अभियोगमा प्रहरीले दुर्गाबहादुर थापा मगरलाई पक्राउ गरेको हो ।
आफन्तको घरमा लुकेर बसेको अवस्थामा मेचीनगरको धाइजनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले पक्राउ परेका अभियुक्तलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताए ।
लामो समयदेखि विभिन्न स्थानमा लुकिछिपि बस्दै आएका मगरलाई पक्राउ गरेर पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्वजानिक गरेको हो ।





























