बिर्तामोडको क्वारेन्टाइनमा रहेका एक पुरुषमा कोरोना पुष्टि, प्रदेश–१ मा ६७ जना संक्रमित

0
501

झापा ।

झापाको बिर्तामोड स्थित कञ्चनजंगा हेल्थ साइनमा रहेका क्वारेन्टाइनमा रहेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । झापामा मेचीनगर र विर्तामोडका १–१ पुरुषमा शुक्रबार कोरोना पुष्टि भएको हो ।

झापाका स्थानीय तहमा समुदायमा संक्रमण फैलिएको भन्दै सचेत बन्न चिकित्सकहरुले सुझाव दिएका छन् । कोरोना संक्रमण फैल्न नदिन भन्दै बिर्तामोड र अर्जुनधारा नागरपालिकाले लकडाउन गरेका छन् । पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ६७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। एक हजार ६९४ जनाको पीसीआर परीक्षण गर्दा १५ महिला र ५२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

संक्रमण देखिनेमा मोरङका ६४, झापाका २ र सुनसरीका १ जना रहेका छन्। मन्त्रालयको तथ्याकंअनुसार मोरङको विराटनगर महानगरपालिकाका २४ पुरुष ८ महिला, रंगेलीमा नगरपालिकाका २३ पुरुष ६ महिलामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै बुढीगंगा गाउँपालिकाका २ पुरुष, कटहरी गाउँपालिकाकी १ महिलामा पनि कोरोना संक्रमण देखिएको छ। सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २२ पुगेको छ।

प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन्। कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ४ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुनेमा उदयपुरका ४ र मोरङका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय १० पुगेको छ। कोभिड १९ संक्रमणका कारण कोशी अस्पतालमा एक व्यक्तिको मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट पोजेटिभ भएको पनि मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here