पशुपन्छीको उपचार वैज्ञानिक र आधुनिक ढङ्गबाट गरिने

0
1249

काठमाडौं,

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले नेपालमा पशुपन्छीमा लाग्ने विभिन्न रोगलाई अब वैज्ञानिक र आधुनिक ढङ्गबाट उपचार गरिने बताउनुभएको छ ।

केन्द्रीय रिफरल पशु चिकित्सालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उहाँले पशुपन्छीलाई संरक्षण गर्दै सो क्षेत्रमा थप सेवा विस्तार गरी जनतालाई कृषिमा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कोभिड–१९ ले विश्व नै आक्रान्त बनेको अवस्थामा अब नेपालमा कृषि क्रान्ति गर्नुको विकल्प नभएको उहाँको भनाइ थियो । मन्त्री भुसालले पशुपन्छीको विकास र संरक्षणमा लाग्नसमेत सबैलाई आग्रह गर्नुभयो ।

पशु सेवा विभागका महानिर्देशक डा वंशी शर्माले केन्द्रीय रिफरल पशु चिकित्सालयको भवन निर्माण हुनु आधुनिक ढङ्गबाट पशुको सेवा गर्न भेटेरिनरी सेवाका लागि कोसेढुङ्गा सावित हुने बताउन्भयो । उहाँले चिकित्सालयले आगामी दिनमा आधुनिक सेवा दिने विश्वास व्यक्त गर्नुभयो ।

चिकित्सालयका प्रमुख पशु चिकित्सक डा टङ्कप्रसाद प्रसाईंले सरकारलाई पशुपन्छीको क्षेत्रमा लगानी गर्न आग्रह गर्दै चिकित्सालयबाट हुने आन्दानीलाई पशुकै विकासमा लगाउन आग्रह गर्नुभयो ।

पशुपन्छीको क्षेत्रमा गहनरूपमा अध्ययन÷अनुुसन्धान हुन सकेको खण्डमा तिनीहरुको उपचारमा सहजता ल्याउन सकिने उहाँको भनाइ थियो । करिब १६ करोडको लागतमा त्रिपुरेश्वर, काठमाडौँमा आठ रोपनी जग्गामा पाँच तले चिकित्सालयको भवन निर्माण गरिएको हो ।
–––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here