नेपालमा कोरोनाबाट मृत्यु हुने ७० पुग्यो, संक्रमित २२ हजार नाघ्यो

0
496

काठमाण्डौ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको जनाएको छ । उनका अनुसार यो संक्रमितमध्ये मृतकको प्रतिशत ०.३ प्रतिशत हो ।

यस्तै आज पछिल्लो २४ घण्टामा ४६४ जनामा थपिएसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २२ हजार नाघेको छ । नेपालमा संक्रमितको संख्या २२ हजार दुई सय १४ पुगेको छ । नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार तीन सय ३० रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२५ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार ८१४ पुगेको छ । अहिले क्वारेन्टाइनमा १० हजार २०७ जना रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here