झापामा ४० जनामा डेंगुरोग

0
483

बिर्तामोड, असोज २३ । झापामा डेंगु रोगको प्रकोप वढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
डेंगु रोगवारे चारपाने गाविसमा संचालन गरिएको एक दिवसिय कार्यक्रममा वोल्दै जिल्ला जनस्वास्थ्थ कार्यालय झापाका भेक्ट्रोल कन्ट्रोल अधिकृत वेदप्रसाद घिमिरेले हालसम्ममा ४० यो रोगको संक्रमण फेला परेको वताएका छन् । झापाको मेचीनगरमा सवैभन्दा वढी ३३ जना यो रोगवाट संक्रमित वनेको वताउदै चारपाने र अनारमनी गाविसकामा तीन–तीन जनामा यो रोगको संक्रमण भेटिएको उनले घिमिरेले वताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाको आयोजना र चारपाने स्वास्थ्य चौकीको संयोजनमा भएको कार्यक्रममा रोगको विषयमा जानकारी गराउदै इपीडेमियोलोजी रोग नियन्त्रण महाशाखाका चन्द्रेश्वर यादवले सन २००६ वाट नेपालमा देखा परेको यो रोगका कारण हालसम्म विश्वका ४० प्रतिशत मानिस उच्च जोखिम रहेको वताउदै समयमै यसको व्यवस्थापन गर्न नसकिए भयाभह स्थिति सृजना हुने वताए । एडिस एजिप्टाइ नामक डेंगु संक्रमित पोथी लामखुट्टेको टोकाइवाट सर्ने यो रोगवाट अघिल्लोवर्ष  झापामा ७८ जना संक्रमित भएका थिए । गतवर्ष मेनपामा मात्रै ७५ जनामा यो रोगको संक्रमण देखिएको थियो ।
चारपाने गाविस सचिव तेजलप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा रोग नियन्त्रण महाशाखाका राम शुन्दरयादव र महाशाखाका यादवले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख चन्द्रदेव मेहेता,भेक्ट्रोल कन्ट्रोल सुपरभाइजर जीवन चम्लागाई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम चारपाने – को वडा नागरिक मञ्चको तर्फवाट माग भएवमोजिम भएको संयोजक दिनानाथ सिग्देलले वताए । यस अघि कअनारमनीमा समेत एक दिन प्रसिक्षण कार्यक्रम सम्मपन्न भएको थियो ।