अर्जुनधाराका तीन वटा नदीको १७ वटा क्षेत्र नदीजन्य सामग्री ‘उत्खनन् क्षेत्र’

२३ श्रावण २०७७, शुक्रबार मा प्रकाशित

अमित खम्बू /अर्जुनधारा ।

चालु आर्थिक वर्ष ०७७÷०७८मा झापाको अर्जुनधारा नगरपालिकाका तीन वटा नदीबाट प्रारम्भिक वातावरणीय परीक्षण(आईई) अन्तिम मस्यौदा प्रतिवेदन अनुसार उत्खनन् गर्न सकिने नदीजन्य सामग्रीको विवरण सार्वजनिक गरिएको छ ।

अर्जुनधारा–८ स्थित सामुदायिक भवनको सभाहलमा शुक्रबार विभिन्न सरोकारवालाहरुको सहभागितामा नगरपालिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका बिरीङ, टाङटिङ र ठूलो नेतेबाट उत्खनन् गर्न सकिने नदीजन्य सामग्रीको विवरण सार्वजनिक गरिएको हो ।

सहजकर्ता भूगर्वविद् यदुनाथ तिम्सिनाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख भए अनुसार विरीङको दुई वटा प्याकेज अन्र्तगत सातवटा क्षेत्र, टाङटिङको एउटा प्याकेज अन्र्तगत पाँच वटा क्षेत्र र ठूलो नेतेको एउटा प्याकेज अन्र्तगत पाँच वटा क्षेत्रलाई ‘उत्खनन् क्षेत्र’ तोकिएको छ ।

जसमा विरीङको दुईवटा प्याकेज अन्र्तगत निर्माणाधीन सिस्ने–जयपुर पुल पाँच सय मिटर उत्तर क्षेत्र, निर्माणाधीन सिस्ने–जयपुर पुल पाँच सय मिटर दक्षिण क्षेत्र, गढी विरीङ पुल पाँच सय मिटर उत्तर क्षेत्र, गढी विरीङ पुल पाँच सय मिटर दक्षिण क्षेत्र, रमाईलो बस्ती÷पाराखोपी उत्तर क्षेत्र, विरीङ–टाङटिङ दोभान पूर्व विरीङ नदीतर्फको क्षेत्र र लाबरबोटे उत्तरको क्षेत्र रहेका छन् ।

त्यसैगरी टाङटिङको एउटा प्याकेज अन्र्तगत भिमले पश्चिमको क्षेत्र, टाङटिङ पाँच सय मिटर उत्तर÷कृषि सहकारी क्षेत्र, टाङटिङ पुल पाँच सय मिटर दक्षिणको क्षेत्र, सिंहवाहिनी(खैरेनी) तटबन्धनको क्षेत्र र बाघेडाँगीको क्षेत्र र ठूलो नेतेको काठे पुल उत्तर क्षेत्र, सिस्ने क्षेत्र (पिडाले उत्तर), लेटखर्क क्षेत्र, विरान सिरान क्षेत्र(झोलुङगे पुल दक्षिण) र विरान सिरान क्षेत्र(झोलुङगे पुल उत्तर) रहेका छन् ।

दैनिक दुई सय घन मिटरको दरले वार्षिक उत्खनन् गर्न सकिने परिमाण अन्र्तगत विरीङको दुईवटा प्याकेजबाट ९३ हजार ५० घनमिटर, टाङटिङको एउटा प्याकेजबाट ७९ हजार सात सय ५० घनमिटर र ठूलो नेतेको १४ हजार घनमिटर गरि जम्मा एक लाख ८६ हजार आठ सय घनमिटर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जस्को न्यूनतम अंक विरीङबाट एक करोड ६९ लाख ७६ हजार आठ सय ९१ रुपैयाँ सात पैसा, टाङटिङबाट एक करोड ४१ लाख १४ हजार ८१ रुपैयाँ र ठूलो नेतेबाट २४ लाख ९२ हजार चार सय ६६ रुपैयाँ ४८ पैसासहित जम्मा तीन करोड ३५ लाख ८३ हजार चार सय ३९ रुपैयाँ १८ पैसा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रस्तुत भएको उक्त प्रतिवेदन प्राविद्यिक सहितको अनुगमन समितिको टोलीले गरेको अनुगमन पश्चात् विभिन्न सरोकारवालाहरुको छलफलबाट प्राप्त राय, सल्लाह र सुझावको आधारमा प्राविद्यिकबाट तयार भएको अन्तिम मस्यौदा प्रतिवेदन भएको नगरका वरिष्ठ कार्यक्रम तथा योजना अधिकृत एवम् सूचना अधिकारी हिमराज सेढाईंले जानकारी दिए ।
सूचना अधिकारी सेढाईंका अनुसार प्रस्तुत भएको अन्तिम मस्यौदा प्रतिवेदनलाई यही साता बस्ने नगर कार्यपालिकाको बैठकबाट कार्यक्रमका सहभागी सरोकारवालाहरुबाट प्राप्त भएको सुझावको आधारमा थप छलफल गरि स्वीकृत गरेपछी ठेक्का प्रक्रिया अगाडी बढ्ने बताइएको छ ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय सांसद् एवम् अन्तराष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नगर इञ्चार्ज नारद तामाङ, निर्माण व्यवसायी शेरबहादुर थापालगायतले सुझाव पेश गरेका थिए । उपप्रमुख कमला खतिवडा आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन वरिष्ठ कार्यक्रम तथा योजना अधिकृत सेंढाईंले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here