शिक्षा पत्रकार समूहको प्रदेश संयोजकमा राधा

२३ श्रावण २०७७, शुक्रबार मा प्रकाशित

झापा ।

झापाबाट सक्रिय रुपमा पत्रकारिता गरिरहेकी पत्रकार राधा खनाल शिक्षा पत्रकार समूहको प्रदेश संयोजकमा चयन भएकी छन् ।

दुई दशकदेखि शिक्षा बीट, खोज र अनुसन्धानमा क्रियाशिल शिक्षा पत्रकार समूहले आफ्नो सांगठनिक संरचना प्रदेश तहसम्म विस्तार गर्ने निर्णय गरेसंगै प्रदेश–१ को नेतृत्व खनालले सम्हाल्ने भएकी हुन् । समूहको २१ साउनमा बसेको कार्यसमिति बैठकले संस्थाको प्रदेश कमिटी गठनका लागि संयोजक तोक्ने निर्णय गरेको थियो ।

बैठकले प्रदेश १ मा खनाल, प्रदेश २ मा दिपेन्द्र सिंह (जनकपुर), बागमती प्रदेशमा ध्रुब अधिकारी (हेटौडा), गण्डकी प्रदेशमा केशवशरण लामिछाने (पोखरा), प्रदेश ५ मा मनोज पौडेल (कपिलबस्तु), कर्णाली प्रदेशमा कलेन्द्र सेजुवाल (सुर्खेत) र सुदूरपश्चिम प्रदेशमा शिवराज भट्ट (धनगढी)लाई संयोजक चयन गरेको छ ।

प्रदेश कमिटीलाई प्रक्रियागत ढंगले पूर्णता दिइने कार्यसमिति बैठकले निर्णय गरेको छ । २०७६ फागुन ५ मा सम्पन्न २० औं साधारणसभाले समूहलाई प्रादेशिक संरचनामा लैजाने निर्णय गरी त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न पूर्वअध्यक्ष सुदर्शन घिमिरेको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गरेको थियो ।

त्यस्तै, बैठकले शिक्षा बिटमा कार्यरत÷काम गर्न इच्छुक युवा एवं उर्जावान पत्रकारहरुका लागि शिक्षा पत्रकार समूहको नयाँ सदस्यता पनि खुला गर्ने निर्णय गरेको छ । शिक्षा पत्रकार समूह स्थापनाको २० वर्ष पुगेको अवसरमा बितेका दुई दशकका शैक्षिक मुद्दा, शिपसका पैरवी र उपलब्धीबारे पुस्तक प्रकाशन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

कोभिड–१९ को महामारीले उत्पन्न गरेको प्रतिकुलताबीच शिक्षा पत्रकार समूहले हरेक सोमबारलाई शिक्षाबारका रुपमा गर्दै आएको समसामयिक शैक्षिक मुद्दा केन्द्रित भर्चुअल सम्बादलाई निरन्तरता दिने निर्णय गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here