‘स्वर्गीय अमर नेम्वाङ स्रष्टा सम्मान’द्धारा तीन स्रष्टा सम्मानित

0
1450

युद्धबहादुर बोहोरा / पाँचथर।

फाल्गुनन्द गाउँपालिकाका पूर्व अध्यक्ष तथा साहित्यकार स्व.अमर नेम्बाङको स्मृतिमा गाउँपालिकाले स्थापना गरेको ‘अमर नेम्बाङ स्रष्टा सम्मान’ बाट तीन जना स्रष्टालाई पुरस्कृत गरिएको छ ।

सेहो?नाम्लाङ साहित्य समाज र सहआयोजक नौलो साहित्यिक बिहान समाज पाँचथरद्वारा आयोजित प्रथम वर्ष २०७७ को सम्मान कार्यक्रममा धरान–७ सुनसरीका स्रष्टा प्रा.डा.भीम खतिवडा ताम्रपत्र सहित नगद ५० हजार रुपैंयाँ प्रदान गरिएको छ भने पाँचथर फिदिमका स्रष्टा मधुराज केरुङ सम्मान पत्र र नगद ४० हजार रुपैंयाँ सहित शुक्रबार सम्मानित भएका छन् ।

नव प्रतिभा प्रोत्साहन पुरस्कार पाँचथर फाल्गुनन्द–२ की स्रष्टा मञ्जु नेम्बाङलाई प्रशंसा पत्र र नगद दश हजार रुपैंयाँ प्रदान गरिएको आयोजक संस्था सहो?नाम्लाङ साहित्य समाजका अध्यक्ष क्षितिज बिरहीले जनाए । सम्मान तथा पुरस्कार ७९ औं अमर नेम्बाङ जन्मजयन्ती समारोहको अवसरमा साउन २३ गते शुक्बार गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।

प्रदेश–१, का एक बिशिष्ठ स्रष्टा,पाँचथर जिल्ला भित्रका एक युवा स्रष्टा र गाउँपालिका स्तरीय एक नवोदित स्रष्टालाई सम्मान तथा पुरस्कृत गर्ने गरी स्व.अमर नेम्बाङको सम्मानमा गाउँपालिकाले सम्मान तथा पुरस्कारको स्थापना गरेको कार्यक्रम सह–आयोजक संस्था नौलो साहित्य बिहान समाज पाँचथरका महासचिव प्रेम ओझाले बताए ।

यसैबीच फाल्गुनन्द गाँउपालिका निजी तथा संस्थागत विधालयका विधार्थीको सिर्जनशिलतामा विकाश होस् भन्ने हेतुले शिक्षा शाखाले लकडाउनको समयमा निवन्ध लेखन प्रतियोगिता संचालन गरेको थियो । उक्त प्रतियोगीतामा उत्कृष्ठ नौ जना विधार्थीलाई पनि पुरस्कार प्रदान गरिएको शिक्षा शाखा प्रमुख बाबुराम राईले जानकारी दिए ।

तीनै तहका प्रथम,द्वितिय र तृतीयलाई क्रमशः पाँच हजार,तीन हजार र दुई हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।पुरस्कृत हुनेमा (९–१२) माध्यमिक तहमा प्रथम घुर्विसे माध्यमिक विधालयकी एन्जल नेम्वाङ,द्वितिय तर्फ सिद्ध देवी माध्यमिक विधालय नवमीडाँडाकी प्रकृति खड्का र तृतीय जनकल्याण माध्यमिक विधालय कोल्बुङका रियन नेम्वाङ छन् ।
त्यस्तै, (६–८) आधारभूत तह प्रथम घुर्विसे माध्यमिक विधालयकी मनिका नेम्वाङ, द्वितिय तर्फ सारताप माध्यमिक विधालयका अनिल बास्कोटा,र तृतीय सिद्ध देवी माध्यमिक विधालय नवमीडाँडाका सरोज आङ्देम्वे रहेका छन् ।

(१–५) आधारभूत तह प्रथम जयनारायण माध्यमिक विधालय मेहेलबोटेकी स्मारीका आङ्देम्वे,, द्वितिय तर्फ शान्ति बाल विकाश बोर्डिङ घुर्विसे पञ्चमीकी मनिला नेम्वाङ र तृतीय हुनेमा सारताप माध्यमिक विधालय पौवासारतापका साजन खतिवडालाई प्रमुख अतिथिबाट नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

साहित्य समाजका अध्यक्ष विरहीको अध्यक्षतामा मुन्धुमविध अर्जुनवावु मावुहाङको प्रमुख आतिथ्य तथा विशिष्ट अतिथि संविधानसभा सदस्य एवं साहित्यकार श्रीप्रसाद जवेगु,गाँउपालिका अध्यक्ष वीरबहादुर कुरुम्वाङ,उपाध्यक्ष देवित्रा कुमारी आङ्देम्वे,प्रमुख प्रशासकिय अधिकृत अनिल तिखत्री,जनप्रतिनिधि पार्टी प्रतिनिधि,संघसस्थाका प्रतिनिधि र तेह्रथुम,सुनसरी,झापा,इलाम र पाँचथरका साहित्यकर्मी लगायत सर्जकहरुको उपस्थिति थियो ।

कार्यक्रममा साहित्यकार जवेगु,नेपाली काँग्रस पाँचथरका सभापति तथा साहित्यकार नरेन्द्र केरुङ, नेपाल कम्युनिष्ट पार्टीका केहेरसि. चेम्जोङ,साहित्कार प्रकाश थाम्सुहाङ,सन्देश सुब्बा,देवेन्द्र सत्याम,गजलकार महेन्द्र विरही,अनिल तिखत्री,युगल सुनुवार,समदर्शी काइला,सुरेन्द्र लामिछाने,गायक खड्ग बोहोरा लगायतका सर्जकहरुले रचना वाचन,स्व.नेम्वाङको जीवनीको चर्चा तथा सम्मानित व्यक्तिहरुलाई बधार्इृ दिद दिएका थिए । उनको सम्झनामा स्थापित स्रष्टा सम्मानको कार्यक्रम थालनि गरिएकोमा गाँउकार्यपालिकालाई धन्यवाद सहित निरन्तर होस् भन्ने कामना गरेका थिए ।
उक्त अवसरमा अतिथिहरुलाई आयोजक संस्थाद्धारा मायाको चिनो प्रदान गरिएको थियो ।

को हुन् अमर नेम्बाङ ?

अमर नेम्बाङ नेपाली साहित्यका एक बिशिष्ट स्रष्टा हुन् । उनी इको राइटिङका अभियन्ता थिए । उनको संस्मरणात्मक निबन्धहरुको संगालो ‘सम्झनाका तरेली’ मा इको राइटिङको उत्कृष्ठ प्रयोग पाइन्छ । उनको सम्झनाको तरेलीसँगै ‘अमेरिका भ्रमणका सम्झनाहरु’ (संस्मरण) र ‘एउटा साँझको अवशान’ कविता कृति प्रकाशित छन् । उनका दर्जनौं लेख, संस्मरण, निबन्ध र कबिता अप्रकाशित अवस्थामा छन् । पाश्चात्य साहित्यको गहीरो अध्ययन गरेका स्व.नेम्बाङको लेखन उच्च कोटिको छ ।

स्व.अमर नेम्बाङको जन्म वि.सं.१९९८ सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–३, पौवामा बाबु स्व.नयेन्द्रराज नेम्बाङ र आमा श्रीहाङ्मा (थाम्सुहाङ) नेम्बाङको कोखबाट भएको थियो । भारतको दार्जिलिङमा समेत औपचारिक अध्ययन गरेका उनले २०२५ सालमा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थिए । उनी पाँचथरमा लिम्बू समुदायबाट स्नातकोत्तर गर्ने पहिलो ब्यक्ति हुन् ।

केहि समय अमेरिकामा समेत बसोबास गरेका उनको जीवनको ठूलो भाग भने गाउँकै सेवामा बितेको थियो । वि.सं.२०३३ सालमा चिलिङदेन गाउँ पञ्चायतको प्रधानपञ्च बनेका उनी पटक–पटक तत्कालीन पौवासारताप गाविसको अध्यक्ष निर्बाचित भएका थिए । उनी वि.सं.२०७४ सालको स्थानीय तह निर्बाचनमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष निर्बाचित भई जनताको सेवामा सक्रिय थिए ।

फाल्गुनन्द गाउँपालिका ५ नं. वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा मन्तब्य राख्ने क्रममा २६ माघ २०७५ मा अचानक बेहोस भएका उनको सोहि दिन निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here