मास्क प्रयोग नगर्नेलाई कारवाहीसँगै सचेतना

0
1316

दमौली, 

कोभिड–१९ को जोखिम कायमै रहेको बेला मास्क प्रयोग नगरी हिँडडुल गर्नेलाई प्रहरीले कारवाहीसँगै सचेतना दिन थालेको छ । कोभिड–१९ का सङ्क्रमित दिनप्रतिदिन बढिरहेको अवस्थामा घरबाहिर हिँड्दा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरिए पनि अटेरी गर्नेलाई प्रहरीले कारवाहीसँगै सचेतना प्रदान गर्न थालेको हो ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय तनहँुले पहिलो चरणमा मास्क प्रयोग गर्न सचेतना जगाउने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा निःशुल्क मास्क वितरणको कार्यक्रम ग¥यो तर त्यति गर्दा पनि मास्क लगाउन अटेरी गर्नेलाई कारवाही गर्न शुरु गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रनाउ तिमिल्सिनाका अनुसार बुधबारदेखि शुरु भएको कारवाही अभियानका क्रममा दश दिनमा ७२१ जनालाई रु १०० का दरले जरिवाना गराइएको छ । “पहिलो चरणमा सचेतना जगाउँँदा पनि अटेरी गर्नेलाई कारवाही थालेका छौँ”, उहाँले भन्नुभयो, “कारवाहीमा परेकालाई कोभिड–१९ का बारेमा थप सचेत गराइएको छ ।” साउन २१ गते ५०, साउन २२ गते ५० र शुक्रबार २२१ जनालाई कारवाही गरेको प्रहरीले जनाएको छ ।

घर बाहिर हिँडडुल गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, मास्क नलगाई हिँडडुल गरेको साथै सामाजिक तथा भौतिक दूरी कायम नगरिएको भेटिएमा सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत कारवाही गरिने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here