दुबईले जुराएको प्रेम

२४ श्रावण २०७७, शनिबार मा प्रकाशित

कथा

अमित संग्रौला,

उसले ओठ चुम्यो । अङ्ग–अङ्ग खेलायो । ऊ प्रेमको माहसागरमा चुलुम्म डुब्यो । अन्ततः गहिरो प्रेममा प¥यो विपुल । पहिलोपटक दुबई आएको थियो । पोखरा कि सीतासँग उसको प्रेम बस्यो । विवाह गरिसकेकी महिलासँग । झापाबाट एउटै बसमा एउटै प्लेनमा चढेर आएको थियो । एकछिन नछुटिने अवस्थामा पुग्यो । एउटै कम्पनीमा काम गर्ने भएकोले सीतासँग प्रेममा परेको थियो । लोग्नेसँग सम्बन्ध बिर्गिएपछि बिदेश आएकी थिइन् । म पनि तिनीसँगै काम गर्ने भएकाले मलाई साथी मान्थी ।

राम्रो सम्बन्ध थियो । पकाएर खाना ल्याइदिने । उनीहरुको जतिसुकै समयमै पनि टासिंएर बस्थे । दुई छोराको आमा भएर पनि उताउली र सेक्सी देखिन्थी । उनको जवानी अझै पनि फर्किएको देखिन्थ्यो । मेरो राजा मेरो काले भनेर सम्बोधन गर्थी । हामीले काम गर्ने कम्पनीमै हल्ला फिजिएको थियो । कोठा भाडा लिएर उनीहरुले कयौं रात बिताए । म नेपाल आएपछि झापा आउनु है सीता । झापामा पानी पुरी र चटपटे मिठो पाउँछ । इलामको कन्याम र चियाबारी घुम्न जाउँला । म सीतालाई भन्थे ।

एकदिन सीतालाई भने तपाई र विपुलको प्रेम सच्चा हो । प्रेम निःस्वार्थ हो । तलाई के लाग्छ भन्थ्यो विपुल । सीतालाई लाग्न थालेको थियो । त्यो माया पाए । मैले खोजेको त्यो मानिस भेट्याए । छोरी मान्छेले त्यो प्रेम र यौन सुख पाउन सकेन भने ऊ एक्लिन्छे । खोजेको मान्छेसँग त्यो सुख पायो भयो । सबैभन्दा खुशी आनन्द हो । जीवनमा खोजेको पनि त्यो सुख हो जस्तो लाग्न थालेको थियो सीतालाई । जीवनको आधा समय बिताएकी जीवनमा धेरै दुःख भोगेको छु भन्थी । पाहिलो लोग्ने सुखको अनुभव गर्न नपाएकी । जीवनको त्यो समयबाट टाढा भएकी थिइ सीता । लोग्नेबाट मायाप्रेमबाट वञ्चित भएकी छोराहरुका लागि उनीहरुको भविष्यका लागि सीता परदेश आएकी हो ।

समय बित्दै थियो । उनीहरुको प्रेम गहिरो हुँदै थियो । प्रेम प्रगाढ हुँदै थियो । विवाह गरेर घर बसाउने उनीहरुको चाहना थियो । मैले एकदिन सीतालाई भनेको थिए दुबईको माया यताउता हँुदैनभन्दा उनी रातोपिरो भएकी थिई । मलाई लाग्थ्यो उनीहरुको प्रेम परदेशमा आफ्नो इच्छा पूरा माध्यम हो । दुबईमा बस्ने इच्छा लाग्न छोडेको थियो । वर्ष दिन नहुँदै विपुल फर्कियो । त्यसको केही दिनपछि सीता पनि फर्किइ । अहिले पोखरामा किराना पसल खोलेर बसेकी छ अरे । विपुल त्यो प्रेम सम्बन्ध सफल बानायो । केही महिना अगाडि नै सुनेको थिए । सीता गर्भवती भएकी छे अरे । अहिले त बच्चा जन्मिइसक्यो होला ।

केही महिना अगाडि सीतासँग भिडियो कल भएको थियो । अहिले तपाईहरुको प्रेम कस्तो छ ? अहिले प्रेम प्रहिलोको जस्तै छ । जिन्दगी रमाइलो छ नि ? भनेर सोधेँ । उनले भनी– अँ रमाइलो छ नि अमित । मैले भने– दुबईले जुराएको प्रेम सुखद् होस् । कसैको आँखा न लागोस् । दाम्पत्य जीवनको शुभकामना छ भनेर शुभकामना दिएँ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here