सामाजिक सेवामा सक्रिय भुपाल बस्नेत

२४ श्रावण २०७७, शनिबार मा प्रकाशित

नजरुल इसलाम,

मानिसले मानिसलाई हजारौं गुण अगाओस् । तर, एउटा अवगुणले नौ सय उन्नानसय वटा गुणलाई बिसाई दिन्छ । जसले गर्दा मान प्रतिष्ठामा आँच आउँछ र बाँकी जीवन आलोचना सहनुपर्छ । चाहे जसले जे गरे पनि मानिसले आफ्नो लागि गरेका हुन्छन् । संसारमा व्यक्तिगत स्वार्थलाई त्यागेर समाजको लागि बाँच्नेहरु बिरलै भेटिन्छन् । आफ्नो निजी समयलाई खर्च गरेर समाजमा भएका गरीब, असहाय, बिरामी, दुःख–पीडामा भएका मानिसहरुका लागि जीवन बचाउन अभियानमा लाग्नु, आफ्नो निजी स्वार्थलाई त्यागेर अरुको सेवामा समर्पित गर्नु मानव जीवनको ठूलो धर्म मान्नुपर्छ ।

समाजमा अरुका लागि बाँच्ने मानिस विरलै भेटिन्छन् तिनै मध्येका एक हुन्– भुपाल बस्नेत । माता गंगामाया बस्नेत र पिता नरबहादुर बस्नेतको कोखबाट वि.सं. २०२७ साल भदौ १० गते झापाको तत्कालिन गोलधाप गाविसको चाकला भन्ने गाउँमा जन्मिएका भुपालले गोलधाप गाविसको सरस्वती प्रावि भद्रपुरको मेची बहुमुखी क्याम्पस हुँदै काठमाडौं गएर बीएसम्मको अध्ययन गरे । हल्दिबारी गाउँपालिका निवासी उनी बिर्तामोडमा बसोबास गर्दै आएका छन् । बस्नेत साच्चै नै कोमल हृदयका छन् । कोही पनि बिरामी भएको खबर सुन्ने बित्तिकै आफ्नो जिम्मेवारी ठानी घर वा हस्पिटलमा गई सान्त्वना दिनु, कसैको मृत्यु भएको थाहा पाउना साथ घाम होस् या झरी पनि नभनी श्रद्धाञ्जलि दिन जान्छन् उनी ।

दुःख र पीडामा परेका मानिसहरुका लागि परिवारको सदस्य भए झैं भोकतिर्खा त्यागेर दिनरात नभनीकन उनीहरुलाई सहयोग गर्नु, बेसहाराको लागि सहारा बन्नु, दोबाटोमा परेकालाई बाटो देखाइ दिनु, सडकपेटीमा जिन्दगी गुजार्नेदेखि लिएर भोको पेट र नाङ्गो शरीर हुनेलाई आफूले सकेसम्म सहयोग गर्नु नै जीवन जिउनुको आनन्द मान्छन् उनी ।
त्यति मात्र कहाँ हो र छिमेकीको चुलोमा आगो बल्यो कि बलेनसम्मको निगरानी गर्नु, अरुको दुःखमा दुःखी हुने, अरुको खुशीमा रमाउने, संसारमा भएका मानिसहरु धनी या गरीब, जुनै धर्मको भए पनि एउटै परिवार सम्झेर हरेक समयमा सहयोगी मनले सहयोगका लागि पुग्नु उनको दैनिकी नै बनेको छ । आफ्नो जीवनलाई अरुको निम्ति समर्पण गरी संसारमा बाँच्नु नै जीवनको सार्थकता मान्छन् उनी । मानिसहरुमा पर्न गएको कुनै पनि किसिमको समस्या होस् त्यसको निम्ति आफ्नो समस्या त्यागेर सहयोग गरौं भन्ने निष्कर्षमा पुगेर सहयोग गर्न सधैँ तत्पर हुन्छन् उनी ।

हाम्रो देशमा ७७ वटा जिल्ला छन् । धेरै होइन, ७७ जना भुपाल बस्नेत जस्ता नेपाल आमाका सन्तान भए हाम्रो देशमा रहेका गरीब, बेसहारा, दीन–दुःखीहरुका लागि बाँच्ने आधार स्तम्भका रुपमा देखा पर्नेछन् । बेसहाराहरुले सहाराको स्तम्भ रुपमा देख्नेछन्, दुःख र कष्ट भएकाहरुले सहयोगको स्तम्भका रुपमा देख्नेछन् । आर्थिक कमजोरी भएका बिरामीहरु जो उपचार नपाएर घरमा दिसा, पिसाबसँगै पारिवारिक तथा सामाजिक अवहेलना सहन गरी मृत्युको पर्खाइमा तड्पिएर बाँच्न विवश भएका विरामीहरुको लागि जीवनदान दिलाउने स्तम्भको रुपमा देख्नेछन् भने ती असल आमाका सन्तानहरुको साथ र सहयोग पाएका मानिसहरुले जिन्दगीभर उनको तस्विर आँखाका नानी बन्नेछन् ।

विभिन्न क्षेत्रमा योगदान दिएसँगै संघर्षशील समयमा काठमाडौंमा भूपाल बस्नेत, कमल बस्नेत र कुमार याक्सो तीन जनाले कर्णाली बचत तथा ऋण सहकारी संस्था लि.को भाग्यरेखा कोरी सहकारी मार्फत आर्थिक क्रान्ति गर्नको निम्ति अरु थुपै्रको साथ र सहयोगमा २०५७ साल पुस ४ गते स्थापना गरेका छन् । त्यहाँ धेरैले रोजगारी पाउनुका साथै साहु महाजनको चर्को ब्याजको ऋणबाट मुक्ति पाएका छन् । सिपमूलक तालिम तथा जनचेतनामूलक कार्यक्रमदेखि समाजसेवा समेतको क्षेत्रमा योगदान पु¥याउँदै आएको उदाहरण जताततै पाइन्छ । कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. मार्फत धेरै जनाको आर्थिक स्थितिमा सुधार आएको पाइन्छ । आज कर्णाली बचत तथा ऋण सहकारी संस्थाको स्थापना नभएको भए धेरै जना वेरोजगारी भएर बस्थे जस्तो लाग्छ ।

झापामा गंगामाया तथा नरबहादुर क्यान्सर पीडित सहयोग संस्था स्थापना गरेर गरीब परिवारमा जो चाहिँ पैसाको अभावमा उपचार नपाई छट्पटाई रहेको विरामीहरुलाई मृत्युको मुखबाट छिन्नका लागि संस्थाको अग्रंसरमा गाउँ, शहरको बाटो र गल्लीमा भोकतिर्खाको प्रवाह नगरी पसिनै पसिनाले भिजेको शरीरसँगै सबै जनासँग झोली फैलाएर विरामीको ज्यान बचाउ अभियानमा लागेका छन् बस्नेत । जुन परिवारले बस्नेतको साथ पाएका छन् त्यस परिवारका निम्ति उनी भगवान बनेर आएका छन् ।

गंगामाया तथा नरबहादुर क्यान्सर पीडित सहयोग संस्था मार्फत राजगढ निवासी झुमादेवी राजवंशी केही वर्षदेखि विरामी भई आर्थिक कमजोरी भएको कारण उपचारको अभावमा तड्पिएर दिसा–पिसाब सँगै बस्नु परेको ती आमालाई परिवारको सदस्य दिक्क भई मरोस् भन्ने निष्कर्षमा पुगी, मृत्युको पर्खाइमा बाँच्न विवश विरामी झुमादेवी राजवंशीलाई बचाउन सफल भएका छन् बस्नेत ।

बस्नेतको अग्रसरतामा कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. र गंगामाया तथा नरबहादुर क्यान्सर पीडित सहयोगी संस्थाको साथ सहयोगले झुमादेवी राजवंशीलाई उपचार्थ विभिन्न ठाउँको हस्पिटल लगेर आफू बसेको भाडाघरमा राखेर मृत्युको मुखबाट खोसेर ल्याउन सफल बस्नेतले गर्दा झुमादेवीले नयाँ जीवन पाएकी छिन् ।

त्यस्तैगरी झापा दमककी चन्द्रकला तिवारी, खिनमाया कटुवाल दमक, खोकीमाया बानियाँ गोलधाप, अनिता माफी खातुन धुलाबारी, निर्मला राई काँकरभिट्टा लगायत धेरैले बस्नेतकै सहयोगका कारण नयाँ जीवन पाएका छन् । भुपाल बस्नेतले धेरैको आशीर्वाद पाउने सौभाग्य प्राप्त गरी झापालीको लागि गौरवका पात्र बनेका छन् । झापाको ज्योति, दुःखका शत्रू, अरुको आँशु पुछिदिने बस्नेत जीवन जिउन सिकाउने अनुकरणीय बनेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here