एकता र मेलमिलमपमा दशनामी समाजको जोड

0
408

चारपाने, असोज २५ ।झापाको चारपानेमा बिहीबार आयोजित एक कार्यक्रमका वक्ताले मौलिक संस्कृति जोगाउन समाजका सचेत नागरिक अग्रसर हुनुपर्ने बताएका छन् ।
नेपाल दशनामी समाज झापाले चारपानेस्थित टाइम स्क्वायर पार्टी प्यालेसमा आयोजना गरेको वडा दशैं, दीपावली र छठ पर्वको शुभकामना आदानप्रसाद कार्यक्रमका वक्ताले नेपालीको मौलिक संस्कृति वैज्ञानिक ढंगले पनि अत्यन्त उपयोगी रहेकाले त्यसलाई जोगाउनु पर्ने बताएका हुन् । उनीहरुले आधुनिकताका नाममा मौलिकता विर्सन नहुने समेत धारणा राखे । समाजका जिल्ला अध्यक्ष भरतलाल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै समाजका सदस्य एवम् नेकपा एमालेका तर्फबाट झापा क्षेत्र नं. ४ का उम्मेदवार प्रेम गिरीले मौलिक संस्कृतिको संरक्षणसँगै राजनीतिलाई विकाससँग जोडेर विकासको राजनीति गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिमा राम्रो मान्छे रोज्ने बेला आएकोले सबैलाई बुझेर मतदान गर्न उहाँको आग्रह थियो । कार्यक्रमका प्रमुख अतिथि दशनामी समाजका मेची अञ्चल संयोजक गोविन्दविक्रम गिरीले नेपाली संस्कृतिको संरक्षरणमा जोड दिँदै प्रष्ट एजेण्डासहित जनता माझ आउने, राम्रा र सक्षम उम्मेदवारलाई संविधानसभामा जिताउनु पर्ने बताउनुभयो । कार्यक्रममा शहीदपिता केदार शम्सेर गिरी, समाजका केन्द्रीय उपाध्यक्ष केदार गिरी, उदयपुर जिल्लाका अध्यक्ष मानबहादुर वन, झापाका उपाध्यक्ष चन्द्रप्रसाद गिरी, पत्रकारहरु एकराज गिरी, डम्बर गिरी, जिल्ला सदस्य कृष्णप्रसाद वनले आपसी एकता सद्भाव र मेलमिलापमा जोड दिनुभयो । कार्यक्रममा समाजकी ४ नम्बर क्षेत्रीय कोषाध्यक्ष सत्यरुपा पुरी, घैलाडुब्बा अध्यक्ष तेजकुमार गिरी, लगायतले समेत शुभकामना राख्नुभएको थियो भने स्वागत जिल्ला उपाध्यक्ष एलबी गिरी र सञ्चालन सचिव डम्बर वनले गर्नुभएको थियो ।