स्थानीयले बुद्धशान्ति–२ को वडाकार्यालयमा लगाए ताला

२६ श्रावण २०७७, सोमबार मा प्रकाशित

बुधबारे ।

आवश्यकताका आधारमा स्थानीय सडकलाई प्राथमिकता दिनुपर्ने भन्दै स्थानीयले झापाको बुद्धशान्ति–२ को वडा कार्यालयमा तालाबन्ी गरेका छन् ।

६०–७० जनाभन्दाबढीको संख्यामा वडा कार्यालय पुगेका स्थानीयले आज विहान वार्ड कार्यालय तालावन्दी गरेका हुन् । वडा कार्यालयले यस आर्थिक वर्षमा सोहि वडामा रहेको जयकृष्ण मार्ग कालोपत्रे गर्न ४८ लाख रुपैँया विनियोजन गरेको थियो । आवश्यकताका आधारमा सो सडक खण्डभन्दा स्थानीयले झम्के विरीङ सडक खण्ड कालोपत्रे हुनुपर्ने माग गरेका छन् ।

आवश्यकता अनुसारको बाटो कालोपत्रे नभएको विषयमा वडा कार्यालय घेराउ गर्न गएका स्थानीयले आज वडा कार्यालय तालाबन्दी गरेका हुन् । झम्के– विरीङ सडकखण्डमा अत्यधिक सवारी चाप हुनेगरेको, कर संकलनमा सबैभन्दा बढी कर संकलन सो सडकबाट हुने गरेको, अर्जुनधाराको खुदुनावारी क्षेत्रबाट जयपुर बजार भर्न आउने उपभोक्तालाई प्रभावकारी सडक भएकाले सोहि सडक कालोपत्रे हुनुपर्ने स्थानीयको माग छ ।

हिजो सो विषयमा ध्यानाकर्षण गराएका स्थानीयलाई आज सोमबार बिहान यस विषयमा बसेर छलफल गर्ने भनिएकोमा छलफलबाट समस्याको समाधान गर्न वडा कार्यालय र जनप्रतिनिधि जिम्मेवार नदेखिएकाले कार्यालय तालाबन्दी गर्नुपरेको स्थानीयको भनाई छ । छलफल गर्ने भनिएको तर जनप्रतिनिधि नआएको, फोन नउठाएपछि स्वर्तस्फूर्त वडा कार्यालयमा स्थानीय आउँदा जनप्रतिनिधि कार्यालयमा नै पाएपछि समस्या समाधानका लागि तालावन्दी गरिएको स्थानीयले बताएका छन् ।

यसैबीच यस बुद्धशान्ति–२ का वडा अध्यक्ष दिलीप श्रेष्ठसँग जानकारी लिँदा वडाको ४८ लाख रुपैँयाको बजेट र स्थानीयको २० प्रतिशत लगानीमा जयकृष्ण मार्ग कालोपत्रे हुने बताए । उनले सो सकड खण्ड साढे पाँच मिटर चौडाइमा कालोपत्रे गर्न र २० प्रतिशत लगानी गर्न स्थानीय सहमत भएपछि आवश्यकता र भएको बजेटबाट पुग्ने भएपछि जयकृष्ण मार्ग कालोपत्रे हुने बताए । उनले झम्के–विरीङ सडकखण्डको कालोपत्रेको चौडाइ ७ मिटर भन्दा कमगर्न नमिल्ने, भएको बजेट प्रर्याप्त नहुने बताए। श्रेष्ठले स्थानीयको माग जायज भएपनि बजेट अभावले गर्दा आफुले केहि गर्न नसकेको पूर्वाञ्चल डेलिडटकमलाई जानकारी दिए ।

जनताका समस्या पूरा गर्न लागि परेको बताउँदै वाडको बजेटबाटै सो सडक कालोपत्रे गरिने बजेट पूर्ण नभए अन्य निकायसँग समन्वय गरेर भएपनि कालोपत्रे गरेरै छाडिने बताए । । उनले युवाहरुलाई ताला खोलेर वार्तामा आउन आह्वान गरेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here