अर्जुधारामा ‘सन्तलाल–वृजमोहन गट्टानी स्मृति म्याराथन दौड’

0
482

शनिश्चरे,असोज २५ । सचेत युवा मञ्च, शनिश्चरे–अर्जुनधाराले आयोजना गरेको ‘सन्तलाल–वृजमोहन गट्टानी स्मृति म्याराथन दौड’ अन्तर्गतको क्रसकन्ट्री दौड– ०७० आज सम्मपन्न भएको छ ।
जिल्ला खेलकुद विकास समिति अध्यक्ष राजु आचार्य अग्नीको प्रमुख आतिथ्यमा भएको प्रतियागिता अर्जुनधारा मन्दिर परिसरवाट शुरु भएको थियो दश किलोमिटर महिला दैडमा गीता आचार्य प्रथम भएकी थिइन् । त्यस्त दोस्रो निर्मला थापा,  तेस्रो सर्मिला खड्का, चौथो मीना राई  र पाँचौं लक्ष्मी मगर भएघोषित भए । प्रतियोगितामा प्रथमहुने आर्चायले नगद एघार हजार नगदसहित ट्रफी र प्रमाणपत्र तथा दोस्रो हुनेले आठ हजार, तेस्रोले पाँचहजार, चौथोले तीनहजार पाँचौले तीनहजार सान्तवनाले दुई हजार पाएका छन् ।
यसअघिसम्पन्न १५ किमी पुरुष तर्फबो दौडमा प्रथम किरणकुमार मल्ल, र दोस्रो, तेस्रो चौथो र पाँचौं क्रमशः तीर्थ तामाङ, उमेश कन्दङ्वा, हर्कदीप ल्वागुन र मनोज राउत घोषित भएका छन् । प्रथमहुने मल्लले नगद १५ हजार,दोस्रोले दश हजार, तेस्रोले आठहजार,चौथोले पाँचहजार,सान्तवना तीनहजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

चर्तुभुज काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत भगीरथ लुइटेलले गरेका थिए । कार्यक्रममा राजु आचार्य अग्नी,उद्वव थापा, प्रेम गिरी, भगिरथ आले ‘मामा’, कुमार क्षेत्री, मदन बुढाथोकी चुनमाया (लक्ष्मी) पराजुली लगायतले वोलेका थिए । रुपेश नेम्वाङको संयोजना भएको कार्यक्रममा एथेलेटिक्स प्रशिक्षक लोकप्रसाद ओली, तेक्वान्दो सहायक प्रशिक्षक जितेन मेचे,संरक्षक नवीन गट्टानी लगायतले खेलको महत्वका वारेमा आ आफ्नो धारणा राखेका थिए ।  कुमार भट्टराईले संचालन गरेको कार्यक्रममा म्याराथन धावक तथा मेची महाकाली धावक मोहन सुब्बाको हातबाट विजयी लाई मेडल वितरण, संरक्षकका परिवारद्वय नवीन गट्टानी तथा निकेश गट्टानीद्वारा नगद पुरस्कार वितरण तथा अध्यक्षबाट प्रमाणपत्र वितरण गरिएको थियो ।