चाडपर्वलाई नसामुक्त राख्न सुझाव

0
479

बिर्तामोड,असोज २५ । लागू पदार्थ र मादक पदार्थको सेवनवाट स्वास्थ्यमा हुने क्षति क मगर्न प्रत्येक व्यक्ति र परिवार सचेत वन्नुपर्ने आज शुक्रवार झापाको विर्तामोडमा आयोजित कार्यक्रमका सहभागीले सुझाव दिएका छन् ।
पुनर्जन्म समूह नेपाल लागू पदार्थ र मादक पदार्थ उपचार केन्द्र विर्तामोडले आयोजना गरेको कार्यक्रमका सहभागीले लागू पदार्थ रहित समाज निर्माणमा जोड दिएका छन् । पुनर्जन्म समूह नेपालका अध्यक्ष राजु गिरीको अध्यक्षतामा भएको छलफलमा चाडपर्वका वेला लागू पदार्थ र मादक पदार्थ सेवनको लत वढ्ने हुँदा  चाडपर्वलाई नसा मुक्त राख्नु पर्ने पनि सहभागीको धारणा थियो । दशैको शुभकामना समेत साटासाट गरिएको कार्यक्रममा डिल्लीकुमार मैनाली, परामर्शदाता राजु न्यौपाने, सरोज श्रेष्ठ, हरी चौलागाई, सल्लाहकार तथा पत्रकार एकराज गिरी, सुरेन्द्र भण्डारी, एवं नेपाल रत्न शिवाकेटी लगायतले मन्तव्य राख्नु भएको थियो । पुनर्जन्म समूह नेपालमा हाल १८ जना लागू औषध प्रयोगकर्ता उपचाररत छन् ।