झापामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका एक युवकको मृत्यु

२७ श्रावण २०७७, मंगलवार मा प्रकाशित

झापा ।

झापाको मेची प्रदेशीक अस्पतालमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका एक युवकको आज बिहान मृत्यु भएको छ ।

झापा कन्काई नगरपालिका–५ का १७ वर्षीय एक युवकको मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सुपरिटेन्डेन डाक्टर पिताम्बर ठाकुरले जानकारी दिए ।

केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएका युवालाई सोमबार साँझ मेची अस्पताल पु¥याइएको थियो । उनमा छाती दुख्ने, रुघाखोकी र स्वासप्रश्वासमा समस्या देखिएको अस्पताल स्रोतले जनाएको छ ।

मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । रिपोर्ट आउन बाँकी रहेको अस्पतालका सुपरिटेन्डेन डाक्टर ठाकुरले जानकारी दिए । रिर्पोट नआए सम्म शवलाई अलग्गै ब्यवस्थित रुपामा राखिएको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here