पहिलो पटक जनमैत्री कार्यक्रम शुरु

२७ श्रावण २०७७, मंगलवार मा प्रकाशित

लक्ष्मीपुर ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले ६७ वटा सेवा केन्द्र मध्ये पहिलो पटक जनमैत्री कार्यक्रम शुरु गरेको छ ।

संस्थाको सेवा केन्द्रले कर्मचारीलाई स्कुलीङ र सदस्यलाई काउन्सलीङ जनमैत्री कार्यक्रमको शुभराम्भ गरेको हो । संस्थाका सहायक निर्देशक तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका दिनेशबहादुर निरौलाले मन्दिर तथा शिक्षा बचतकर्ता वालिका विद्धता चापागाईले दीप प्रज्वलन गरेर मंगलवार जनमैत्री कार्यक्रमको उद्घाटन गरेका हुन् ।

सहायक निर्देशक निरौलाले सदस्यको सन्तुष्टि अनुसार कार्य गर्न कर्मचारीलाई निर्देशन दिए । सदस्यको रोजाईको संस्था बनाउन र मन जित्न सक्नेखालका कार्य सम्पादन गर्नु पर्नेमा उनले जोड दिए । सहायक निर्देशक निरौलाले कोरोना महामारीले विश्वको जनजीवन प्रभावित भएको अवस्थालाई मध्येनजर गर्दै सदस्यहरुसँग राम्रो व्यवहार गर्न आग्रह गरे ।

‘कर्मचारीले सदस्यको समस्या बुझेर ढिलासुस्ती गर्नु हुदैन’ सहायक निर्देशक निरौलाले भने ‘कार्यालय समयमा आवश्यक भन्दा वढि सामाजिक सञ्जालको प्रयोग नगरौ ।’ उनले सदस्यलाई खोज्नु पर्ने नभई आफै संस्था खोज्ने वातावरण बनाउनु पर्ने बताए । उनले संस्थाले मोरङको मंगलवारे, पथरी, विराटचोक, इलामको इलाम बजार र सुनसरीको तरहरा र इनरुवामा छिट्टै वैङ्कीङ कारोवार शुरु गर्ने समेत जानकारी दिए ।

लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीको अध्यक्षतामा भएको कार्यक्रमलाई कर्मचारी खगेन्द्र निरौलाले सञ्चालन गरेका थिए । कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै प्रमुख भारतीले बचत तथा ऋण दक्षिण एशियाल मापन सुचक (एक्सेस व्राण्ड) अन्र्तगत कर्मचारीले जनमत्री कार्यालय र कार्य सम्पादन गर्नु पर्ने बताए । उनले प्रत्येक दिन आउने पहिलो सदस्यले दीप प्रज्वलन गरेर कारोवार शुरु गर्ने बताएका छन् । उनले सवै कर्मचारीलाई डिजिटल समय अनुसार कार्य गर्नु पर्ने बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here