अठार लाख भन्दा बढीको सामग्री बरामद

२७ श्रावण २०७७, मंगलवार १८:०८ मा प्रकाशित
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

झापा।

Advertisement

अठार लाख उनासी हजार छ सय मूल्य बराबरको ओरियन कम्पनीको सामान प्रहरीले आज झापाको मेचीनगरबाट पक्राउ गरेको छ ।

अबैध रुपमा भारतबाट ल्याउँदै गरेको सो सामग्री प्रहरीले मेचीनगर नगरपालिका – १५ हेल्दुबारीबाट पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ओरियन कम्पनीको सामान बरामद गरेको हो ।

यो संगै प्रहरीले अठसट्ठी हजार तीन सय सत्तरी मूल्य बराबरको कुर्ता सुरुवाल र बाबा खैनी बरामद गरेको छ । वरामद गरिएको सामग्री मेची भन्सार कार्यालय काँकरभिट्टा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here