७२ वर्षका उमेरमा एकल महिलालाई नागरिकता

२८ श्रावण २०७७, बुधबार मा प्रकाशित

भोजपुर,

नागरिकता नहुँदा राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित एक एकल महिलालाई जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकता वितरण गरेको छ ।

टेम्केमैयुङ गाउँपालिका –८ गोगेने माइती भई स्थायी रूपमा रामप्रसादराई गाउँपालिका –४ दलगाउँ बस्दै आएकी हीरा राईलाई मङ्गलबार जिल्ला प्रशासन कार्यालयले कार्यालयमा झिकाएर नागरिकता दिएको हो ।

वडा कार्यालयको सिफारिसमा उनलाई वंशजका आधारमा नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिनुभयो ।

प्रजिअ पुरीले भन्नुभयो,‘‘ यसअघि नै नागरिकताको लागि पहल हुनुपर्ने हो तर त्यो के कारण हुन सकेन, वृद्धा अवस्थामा नागरिकता नभएका कारण राज्यको सेवासुविधाबाट वञ्चित भएको थाहा पाएपछि मैले नागरिकता वितरणका लागि पहल गरेँ र आज वितरण गरियो। अब उहाँलाई राज्यबाट लिइने सेवासुविधा लिने बाटो खुलेको छ ।’’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here