कोरोना त्रासले झापामा श्रीकृष्ण रथयात्रा स्थगित

२८ श्रावण २०७७, बुधबार मा प्रकाशित

भद्रपुर।

कोरोना भाइरस (कोभिड- १९) को त्रासका कारण झापामा यसबर्ष श्रीकृष्ण रथयात्रा स्थगित गरिएको छ । जिल्लाको भद्रपुर, दमक र गौरीगञ्जमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट धूमधामका साथ श्रीकृष्ण रथयात्रा मनाउने चलन थियो ।

तर, यसबर्ष रथयात्रा स्थगित गरिएको स्थानीय तहहरूले जनाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रास र जोखिम कायमै रहेकोले यस वर्ष सार्वजनिक रुपमा मनाउँदै आइरहेको रथयात्रा नमनाउने निर्णय गरिएको भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले बताए । विगत १७ वर्षदेखि भद्रपुरमा मनाउँदै आइरहेको रथयात्रा पहिलो पटक स्थगित गरिएको बताइएको छ ।

स्थानीय स्तरमा गठित समितिले आयोजना रथयात्राको आयोजना गर्दै आएकोमा रथयात्रा अघिल्लो वर्षदेखि भद्रपुर नगरपालिकाले जिम्मेवारी सम्हालेपछि नगर स्तरमै गठित समितिद्वारा रथयात्राको व्यवस्थापन गर्न थालिएको थियो । अघिल्लो वर्ष मात्र नगरमा नयाँ रथ निर्माण गरिएको थियो । श्रीकृष्ण जन्माष्टमीमा भद्रपुर नगरपालिका ५ स्थित स्थानीय नारायण तथा कृष्ण मन्दिरमा पूजा आराधना गरी रातभर जाग्राम बस्ने कार्यक्रम पनि मङ्गलवार नमनाइएको जनाइएको छ ।

दमकमा पनि विगत केही वर्षदेखि मनाउँदै आइरहेको श्रीकृष्ण रथयात्रा यस वर्ष नमनाउने दमक नगरपालिकाले जनाएको छ । त्यस्तै अघिल्लो वर्ष पहिलो पटक गौरीगंज गाउँपालिकामा निकालिएको रथयात्रा पनि स्थगन गरिएको छ । गौरीगञ्जको पहिचान र गौरवलाई मध्य नगर गरी खजुरगाछी नागरिक समाजको आयोजनामा रथयात्रा निकाल्न थालिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here