फिलिपिन्समा भूकम्प,२० बढीको मृत्यु

0
374
मनिला,असोज २९ । फिलिपिन्सको मध्य भागमा ७.२ म्याग्‍नेच्युट क्षमताको भूकम्प जाँदा कम्तिमा पनि २० जनाको मृत्यू भएको छ। पर्यटकीय गन्तव्यकारुपमा रहेको बोहोल टापुनजिकै भूकम्पको केन्द्रविन्दु रहेको अमेरिकी जिओलोजिकल सर्वेले जनाएको छ। बोहोलमा घरहरु भत्किएका छन। बजार ध्वसत भएको छ। चर्चसमेत क्षतिग्रस्त भएको बीबीसीले जनाएको छ।  भूकम्पमा परी मर्नेहरुमा धेरैजसो फिलिपिन्सो दोस्रो प्रमुख सहर सिबुका मानिसहरु रहेको सरकारी अधिकारीले जनाएका छन। समाचार संस्था एपीले जनाएअनुसार माछा मार्ने किनार भत्किँदा ५ जनाको मृत्यू भएको छ। बजारमा रहेको छत खस्दा दुई जना मारिएका छन।
एबीएस-सीबीएन टेलिभिजनले सिबु विपत्ती व्यवस्थापन कार्यालयका प्रमुख निल सान्चेजलाई उदृत गर्दै जनाएअनुसार विद्यालयसमेत भत्किन पुगेको छ। ‘सञ्चार अवरुद्ध भएको छ,’ उनले भने, ‘विपत्ती व्यवस्थापन कार्यालय नै भत्किएको छ। हामीलाई अब अन्तै सर्नुपर्ने भएको छ।’
बोहोलमा कम्तिमा ४ जना मारिएका छन् भने सिक्विजर टापुमा एक जना मारिएको खबर प्राप्त भएको छ ।