कांग्रेसको केन्द्रीय विभागमा:झापाका १५ जनाभन्दा बढी मनोनित

२८ श्रावण २०७७, बुधबार मा प्रकाशित

झापा।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिएका छन् ।

केन्द्रीय विभागका प्रमुख भने यसअघि नै मनोनयन गरिएको थियो । वीरबहादुर बलायर प्रमुख रहेको निर्माण व्यवसायी समन्वय विभागमा ३९ सदस्य मनोनयन गरिएको छ । निर्माण व्यवसायी समन्वय विभाग सदस्यमा मनोनित हुनेहरुमा झापाका दीपेन्द्र पोखरेल रहेका छन् । त्यसैगरी दार्चुलाबाट एकेन्द्र पाल, कालिकोटबाट तारा शाह, बाग्लुङ अमरबहादुर कार्की, पर्सा वशिष्ठनारायण कुर्मी, प्युठान सुभाष केसी, काठामाडौंबाट हुमनाथ कोइराला, इलामबाट मीना थापा, कैलालीबाट रणबहादुर रावल, दैलेखबाट शेरबहादुर शाही लगायत मनोनित भएका छन् ।

स्थानीय परिचालन बिभागको केन्द्रीय सदस्य पदमा झापा भद्रपुरका राजेन्द्र घिमिरे मनोनित भएका छन् । त्यसैगरी केन्द्रीय विभागका विभिन्न क्षेत्र अन्तर्गत झापाबाटै सुरेश सुब्बा, मदन बुढाथोकी, दुर्गा सापकोटा, चन्द्रा खड्का भट्टराई, पंकज नेम्बाङ, सूर्यनारायण ताजपुरिया, बिनकुमार विश्वकर्मा, दुर्गा लुइँटेल लगायत १५ जनाभन्दा धेरै झापाली नेताहरु विभिन्न पदमा मनोनित भएका हुन् ।

पार्टीका नेता गोपालमान श्रेष्ठ प्रमुख रहेको सङ्गठन विभागमा ४० सदस्य मनोनयन गरिएको हो । यसैगरी हरिप्रसाद नेपाल प्रमुख रहेको शिक्षा विभागमा ३८ जना सदस्य मनोनयन गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । महेन्द्र यादव प्रमुख रहेकोे यातायात व्यवसायी समन्वय विभागमा ४१ सदस्य, फरमूल्लाह मंसुर प्रमुख रहेको ३७ सदस्य, अजयकुमार चौरसिया प्रमुख रहेको तराई–मधेश समन्वय विभागमा ३७ सदस्य मनोनयन गरिएको छ ।

सभापति देउवाले रमेश रिजाल प्रमुख रहेको संघीय मामिला तथा प्रदेश समन्वय विभागमा ४० सदस्य, अम्बिका बस्नेत प्रमुख रहेको वन, वातावरण तथा विपत् व्यवस्थापन विभागमा ३९ सदस्य, आनन्दप्रसाद ढुङ्गाना प्रमुख रहेको वित्तीय तथा सहकारी संस्था समन्वय विभागको उपप्रमुखमा ३८ सदस्य मनोनयन गरेका छन् ।

यसैगरी अर्जुनप्रसाद जोशी प्रमुख रहेका पालिका समन्वय विभागमा ३८ सदस्य, शङ्कर भण्डारी प्रमुख रहेको तरुण विभागमा ४० सदस्य, मोहनबहादुर बस्नेत प्रमुख रहनुभएको खेलकूद विभागमा २७ सदस्य मनोनयन गरिएको छ । तरुण विभागलाई गएको जेठ १७ गते र खेलकुद विभागलाई गएको जेठ २८ गते पूर्णता दिइएको थियो । कांग्रेसको विधानको दफा ३७ मा केन्द्रीय विभाग सम्बन्धी व्यवस्था गरिएको छ ।

विधानमा २८ विभाग रहने व्यवस्था भए पनि विधानकै अधिकार प्रयोग गरी कांग्रेस केन्द्रीय कार्यसमितिको गएको पुस ११ गतेको बैठकले महासमिति वा महाधिवेशनबाट अनुमोदन गराउने गरी विभागको संख्या बढाएर ४७ पु¥याउने निर्णय गरेको थियो । विधान बमोजिम प्रत्येक विभागमा बढीमा ५१ सदस्य रहने र केन्द्रीय सभापतिले विभागका प्रमुख, उपप्रमुख, एक जना सचिव र सदस्यको नियुक्ति गर्ने व्यवस्था छ ।

विभागका उपप्रमुख, सचिव, सदस्यमा मनोनयन हुन कांग्रेसको क्रियाशील सदस्य हुनुपर्छ । सभापति देउवाले अहिलेसम्म पूर्णता दिएका केन्द्रीय विभागमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने सहभागिता जनाएका छैनन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here