बिर्ताबजारको अञ्जु किरानामा प्रहरीको छापा, अवैध सुर्तीजन्य पदार्थ बरामद

२८ श्रावण २०७७, बुधबार मा प्रकाशित

बिर्तामोड ।

अवैध रुपमा सुर्तीजन्य पदार्थको कारोबार गर्ने झापाको बिर्तामोड–३ बिर्ताबजार स्थित अञ्जु किराना पसलको गोदाममा प्रहरी छापा मारेको छ ।

बिना राजश्वको स्टिकर र भारतबाट भन्सार छली गरी अवैधरुपमा सुर्तीजन्य सामान बिक्रीवितरण गरेको पाएपछि इलाका प्रहरी कार्यालय अनारमनीले गोदाममा छापा मारेको हो ।

प्रहरीले राजश्वको स्टिकर नभएको राधाकृष्ण प्रोडक्स विराटनगरको उत्पादन झुमका सुपरपावर एक बोरा र अवैधरुपमा भारतबाट भित्र्यिाएर राखिएको बादशाह खैनी ६ बोरा, बाबा खैनी ६ बोरा बरामद गरेको छ ।

एक लाख बढी मूल्य बराबरको बरामद सुर्तीजन्य पदार्थ आवश्यक कानुनी प्रक्रियाका लागि आन्तरिक राजस्व कार्यालय भद्रपुरमा बुझाइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

पछिल्लो समय लकडाउन खुलेसँगै सिमावर्ती क्षेत्रमा अवैधधन्दा मौलाएको छ । प्रहरीले नियन्त्रण प्रयास गरेको दाबी गरेपनि रातारात प्रहरीकै मिलेमत्तोमा सुर्तीजन्य पदार्थ भित्रिरहेको सिमावर्ती क्षेत्रका बासिन्दाको भनाई छ ।

यसरी अवैधरुपमा भित्रिएका रंजनीगन्धा, राजनिवास, गुट्खा, तयारी खैनी, सुर्ती अहिले झापाका बजारमा छ्यापछ्याप्ती पाइन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here