पूर्वाञ्चलकर्मी अधिकारीलाई पितृशोक

२८ श्रावण २०७७, बुधबार मा प्रकाशित

विर्तामोड ।

पूर्वाञ्चल दैनिकका वजार प्रतिनिधि गोपाल अधिकारीलाई पितृशोक परेको छ । अधिकारीका वुवा टेकनाथ अधिकारीको ८७ वर्षको उमेरमा साउन २७ गते मंगलवार निधन भएको हो ।

वि.सं. १९९० साल मंसीर २४ गते शनिवार ताप्लेजुङको सुरुङ्खिम –६ पाङ्सुटारमा जन्मिएका अधिकारी अर्जुनधारा नपा –५ कञ्चनवारीमा वसोवास गर्दै आएका थिए ।

स्व.अधिकारीकी श्रीमती मायादेवी अधिकारी ,दुईजना छोरा , छ जना छोरीहरु रहेका छन् । उनका छोरा –वुहारीहरु गोपाल–पूजा अधिकारी र तेजेन्द्र –कमला अधिकारी रहेका छन् ।

उनका छोराहरु मध्ये गोपाल कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान अर्जुनधारा नगर समितिका अध्यक्ष हुन् भने तेजेन्द्र एम्वुलेन्स चालक हुन् ।

त्यस्तै स्व.अधिकारीका छ जना छोरी रहेका छन् । उनका छोरी –ज्वाईंहरुमा तिला–स्व.टीकाराम गौतम , देवका –रंगनाथ भट्टराई , गोमा –लक्ष्मीप्रसाद भट्टराई , मञ्जु –गोपाल थापा , निर्मला –डिल्ली नेपाल , कल्पना –शिव गौतम रहेका छन् । उनका सात नाती, १५ नातीनी , दुई पनाती ,सात पनातीनी रहेका छन् ।

स्व.अधिकारीको वुधवार कन्काई आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारीक श्रोतले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here