कोरोनाबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

२८ श्रावण २०७७, बुधबार मा प्रकाशित

काठमाडौं।

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसंगै मृतकको संख्या ९१ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वोर गौतमले बताउनुभयो ।

काठमाडौं टेकुकी ७८ वर्षकी महिला, धादिङ्ग नीलकण्ठका ३२ वर्षीय पुरुष, धनुषा जनकपुरका ७१ वर्षीय पुरुष, धनुषा जनकपुरकी ३८ की महिला, सप्तरी डाक्रेश्वरीका ७२ वर्षीय पुरुष, मोरङ्ग बुढीगंगाका ५५ वर्षीय पुरुष, कपिलवस्तु तौलिहवाका ४२ वर्षीय पुरुष र बारा कलैयाका ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ८४ जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here