रोङ गाँउपालिकाबाट पठाएको सबै स्वावको पीसीआर नतिजा नेगेटीभ

२८ श्रावण २०७७, बुधबार २१:३७ मा प्रकाशित
  • 107
  •  
  •  
  •  
  •  
  •  
  •  
    107
    Shares

गणेश अर्याल /इलाम ।

Advertisement

इलामको सूर्योदय नगरपालिकाले लकडाउन खुल्ला गरेको छ । समुदायमा कोरना भाइरस फैलिएको प्रमाणीत नभएकाले लकडाउन खुल्ला गरेको नगरपालिकाले जनाएको छ ।

यसैबीच कोरना परिक्षणको लागि इलामको रोङ गाउपालिका बाट पठाएको सबै स्वावको पीसीआर नतिजा नेगेटीभ आएको छ । गत साउन २३ गते पठााएको ५२ जनाको कोरना नेगेटीभ आएको गाउपालिकाले जनाएको छ । प्रमुख प्रशासकीयअधिकृत प्रयास भटराई र स्वास्थ्य शाखा प्रमुख नेत्रप्रसाद पोख्रेलद्वारा हस्ताक्षरित एक प्रेसनोटमा सो जानकारी गराइएको छ ।

यसैबीच हिजो मात्रै थप २ सय ८८ जनाको स्वाव संकलन गरी परिक्षणको लागि पठाएको रोङ स्वास्थ्य शाखाका सहायक प्रमुख युवराज काफ्लेले जानकारी दिए । यस अघि एक जनामा कोरना पोजेटीभ देखिएको भए पनि उनी हाल निको भएर घर फर्किसकेका छन् । हाल रोङ गाउपालिकामा कोरनाको सक्रिय सक्रमित नभएको स्वास्थ्य साखा सहायक प्रमुख काफ्लेले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here