हार्दिकता मर्दै गएको हो त ?

२९ श्रावण २०७७, बिहीबार मा प्रकाशित

सम्पादकीय

एक लेखकले भनेको थोरै सम्झनामा रहेको भनाइ थियो ‘प्रेम गर्न र बदला लिन महिलाहरु पुरुषभन्दा कठोर हुन्छन्’ । बर्षौंअघि पढेको त्यो भनाइ अहिले देखिँदै र सुनिँदै आएका कतिपय घटनाहरुले प्रमाणित गरिरहेका छन् । पुरुषमाथि एसिड आक्रमणको घटना सेलाउन नपाउँदै काठमाडौंको गोङ्गवूमा  सुटकेसभित्र टाउको र खुट्टाविहीन पुरुषको शव भेटिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा एउटी महिलालाई पक्राउ गरी सार्वजनिक ग¥यो । अभियुक्तका रुपमा सार्वजनिक गरिएकी महिला कल्पना मुडभरी पौडेलले हत्या गरेको स्वीकार गरिन् । सुटकेसमा शव भेटिएपछि शरीरका अन्य भाग प्लाष्टिकमा पोको पारेर फालेको अवस्थामा केही पर फेला परेको थियो । एउट महिलाले पुरुषलाई
यसरी विभत्स हत्या गर्न सक्दा रहेछन् भन्ने यो उदाहरणले उल्लेखित भनाइलाई प्रमाणित गरेको हो ।

सुटकेसमा शव भेटिएपछि अनुसन्धान तीव्र पारेको प्रहरीले हत्याको आरोपमा चितवनको टाँडीमा रहेकी कल्पनालाई भोलिपल्टै पक्राउ ग¥यो । शव बरामद भए लगत्तै प्रहरीले बढाएको सक्रियता र सफल अनुसन्धानले तत्काल अभियुक्त पक्राउ गर्नुले प्रहरीको गिर्दो साखलाई जोगाएको छ । तर, महिलाद्वारा भएको यस्तो क्रुरताले दया, माया, करुणा, प्रेम, सहिष्ण्ुाता, धैर्य जस्ता महिलाका विशिष्ट गुणहरु कलंकित भएका छन् । सारा आरोह– अवरोहहरु, पीडा, आँशु र दुव्र्यवहारलाई खोकिलामा लुकाएर हार्दिकता र प्रेम मात्र प्रस्तुत गर्ने महिलालाई के कुरा र कारणले यति विघ्न क्रुर र पाषाण बनायो अनुसन्धानको पूर्णताले भन्ला ! प्रहरीको प्रारम्भिक अनुसन्धानले भने यो क्रुरताका पछि पैसा, यौन र सामाजिक सञ्जालको मुख्य भूमिका रहेको देखाएको छ । आखिर मानिस किन यति दुराचारी भइरहेको छ ? किन
आततायी, हिंस्रक, निष्ठुर र क्रुर बनिँदैछ ? यसको जवाफ र त्यसको जवाफको पनि समाधानले उपचार खोज्न सक्ला ।

हुन त पौराणिक कालमा नारी शक्तिलाई सर्वोच्च शक्ति मानिएको थियो । दानवीय शक्तिको विनाशका निम्ति देवताहरुले नै देवीको उपासना गरेका कारण देवी दुर्गाले शुम्भ–निशुम्भको वध गरेकी थिइन् । यसले पुरुषले गर्न नसक्ने काम महिलाले गर्छन् भन्ने देखाएको छ । यसकै आधारमा होला शायद हाम्रो गीतको गेडीले पनि ‘पुरुषले चाहे वर्ष दिन र महिलाले चाहे एकै छिन’ भनेको छ । यसको अर्थ यो स्वभाविक अवस्था भने होइन । दया, माया र करुणाकी मूर्ति महिलालाई यस्तो कठोर बनाउन आज प्रयोगमा आएका कतिपय यन्त्र, उपकरण जिम्मेवार होलान्, कति वैदेशिक रोजगारका कारण उत्पन्न मानसिक तथा शारीरिक आवश्यकता । आजको मानसिकता यसरी दिनहुँ विकृत, असामाजिक, एकाकी, दुराग्रही र संकीर्ण बन्दै जाँदैछ । यस्ता कलुषित र प्रदुषित व्यवहारलाई सुधार्ने जिम्मा नेतृत्व गण, सुधारक र सरकारले नै लिनु पर्दछ । अन्यया हिंसा र क्रुरताको सिलसिला कहिल्यै रोकिने छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here