कृष्ण भण्डारीको ‘राष्ट्र देव पशुपतिनाथ’सार्वजनिक

२९ श्रावण २०७७, बिहीबार मा प्रकाशित

झापा ।

गायक तथा संगीतकार कृष्ण भण्डारीको नयाँ भजन सार्वजनिक भएको छ । भण्डारीले नयाँ भजन ‘राष्ट्र देव पशुपतिनाथ’सार्वजनिक गरेका हुन् ।साउन महिनाको अन्तिम सोमबार पारेर भजन सार्वजनिक गरीएको जनाईएको छ ।

भजनलाई तुलसीप्रसाद भट्टराईले लेखेका हुन् ।झापाका विभिन्न स्थलमा छायाङ्कन गरीएको यस भजनको भिडियोमा गायक तथा संगीतकार भण्डारीलगायतले अभिनय गरेका छन् । भिडियोमा शुन्दर लाओतीको निर्देशन तथा सुवास लिम्बुको सम्पादन रहेकोछ ।

आधुनिक तथा भजन गायनमा राम्रो चर्चा कमाएका भण्डारीको ‘कृष्ण काले नक्कले’लगायतका भजनहरु चर्चित छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here