फिदिम नगरपालिकामा चक्रपथ निर्माण

२९ श्रावण २०७७, बिहीबार १२:०० मा प्रकाशित
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

पाँचथर ।

Advertisement

पाँचथरको सदरमुकाम फिदिम नगरपालिकाभित्रको चक्रपथ सडक निर्माणको काम सकिएको छ ।

नगरपालिकाले तीन तरिकाबाट चक्रपथ निर्माण भएको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले चक्रपथ निर्माणले समृद्धि र विकासको निम्ति सेतुको रुपमा काम गर्ने बताए।

सडकको ट्रयाक ओपन गरिएपनि सडकलाई बाह्रैमास सञ्चालन हुने गरी स्तरोन्नति र कालोपत्रे गर्दै लैजाने नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले बताए ।

नगरपालिकाले मात्र सडक कालोपत्रे गर्न नसके प्रदेश र संघीय सरकारको सहयोग लिएर कालोपत्रे गर्न सकिने उनको भनाई छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here