कोरोना रोकथामका लागि बिर्तामोड नगरपालिकालाई र इप्रकालाई डिसइन्फेक्टेन्ट स्प्रे मेसिन प्रदान

२९ श्रावण २०७७, बिहीबार मा प्रकाशित

बिर्तामोड।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गइरहेका बेला रोटरी क्लव अफ बिर्तामोडले संक्रमण रोकथामका लागि बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय अनारमनीलाई डिसइन्फेक्टेन्ट स्प्रेस मेसिन प्रदान गरेको छ ।

आज नगरपालिकामा आयोजित कार्यक्रमकाबीच बिर्तामोड नगरपालिकालाई दुई थान र इलाका प्रहरी कार्यालय अनारमनीलाई एक थान डिसइन्फेक्टेन्ट स्प्रेस मेसिन प्रदान गरिएको हो ।

बिर्तामोड नगरपालिका प्रमुख ध्रवकुमार शिवाकोटी, स्वास्थ्य शाखाका ओम खड्का र इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाललाई क्लवका अध्यक्ष निर्मल भट्टराई, सर्भिस डाइरेक्टर विनोद वस्नेत, रोट्रयाक क्लवका अध्यक्ष प्रभाष थापा मगर लगायतले मेसिन हस्तान्तरण गर्नु भएको थियो ।

मेसिन ग्रहण गर्दै नगरप्रमुख शिवाकोटीले महामारी रोक्न नगरको एक्लो प्रयास भन्दा सबैको साथ र सहयोग आवश्यक परेको अवस्थामा रोटरी क्लवले देखाएको सदासयता आफैंमा प्रशसनीय रहेको बताउनुभयो । रोटरी क्लवले स्थापना कालदेखि नै विश्वभर स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको र महामारीको यो समयमा समेत मानवहितका क्षेत्रमा रोटरी क्लवले गरेको काम आफैंमा उदाहरणीय छ भन्नुभयो ।

त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रिजालले कोरोना भाइरसको संक्रमणलाई रोकथामका लागि रोटरी क्लवले उपलब्ध गराएको मेसिन प्रभावकरी हुने भन्दै त्यसलाई सही सदुपयोग गरेर सुरक्षामा खटिने प्रहरीलाई संक्रमण मुक्त राख्ने बताउनुभयो ।

यता रोट्रयाक क्लवका अध्यक्ष थापाले आफूहरुको सानो प्रयासले समाजलाई सुरक्षित राख्न सहयोग पुग्न सकोस् भन्दै रोटरी क्लव अफ बिर्तामोडसंगको सहकार्यमा डिसइन्फेक्टेन्ट स्प्रेस मेसिन प्रदान गरिएको बताउनुभयो ।

कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन सहित रोटरी क्लवका अध्यक्ष भट्टराईले विश्वभर पोलियो उन्मुलनका क्षेत्रमा रोटरी क्लवले शुरुका दिनमा कदम चालेको र त्यसपछि शिक्षाको विकास र मानवहितका क्षेत्रमा काम गर्दै आएकाले क्लवले स्थानीय स्तरमा रहेर महामारीबाट बचाउन नगरपालिका र इलाका प्रहरी कार्यालयलाई डिसइन्फेक्टेन्ट स्प्रेस मेसिन प्रदान गरेको बताउनुभयो ।

अध्यक्ष भट्टराईले बिर्तामोड नगरपालिकामा १५ शैयाको अश्पताल बन्ने भएसंगै ५ थान डायलसिस मेसिन समेत प्रदान गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

रोटरी क्लवका महासचिव सञ्जिव घिमिरेले सञ्चालन गरेको कार्यक्रममा रोटरी क्लव र रोट्रयाक क्लव बिर्तामोडका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here