सन्दकपुरमा वडासदस्य सहित चार जनामा कोरोना संक्रमण

२९ श्रावण २०७७, बिहीबार १४:४२ मा प्रकाशित
  • 41
  •  
  •  
  •  
  •  
  •  
  •  
    41
    Shares

इलाम ।

Advertisement

इलामको सन्दकपुर गाउँपालिकामा वडा सदस्य सहित ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

साउन २३ गते समुदायमा ५० जनामा गरिएको टेस्टमा एक जना वडा सदस्य र ३ जना हाइड्रोपावरका कर्मचारीमा कोरोना देखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । उनका अनुसार कोरोना देखिएको हाइड्रोपावरका एक जना कर्मचारी स्थानीयबासिन्दा रहेका छन् ।

उनीहरुलाई उपचारको लागि लग्ने तयारी भइरहेको छ । केहीदिन अघि सन्दकपुरमा रहेको पञ्चकन्या हाइड्रोपावर मर्मत गर्न आएका ११ जनामा कोरोना देखिएपछि समुदायमा टेस्ट गरिएको थियो । समुदायमा कोरोना फैलन नदिनका लागि गाउँपालिकाले साउन २२ गते बाट एक साताको लागि सिल गरेको थियो ।

कोरोना संक्रमित देखिएपछि सिल लम्व्याउने वा नलम्व्याउने भन्ने बिषयमा बैठक बसेर निर्णय गरिने राईले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here