बिर्तामोडकी एक महिलासहित प्रदेश १ मा एक सय १५ संक्रमित थपिए

0
503

विराटनगर,

प्रदेश १ मा आज एक सय १५ जना कोभिड १९ संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४ जना संक्रमित थपिएका छन्। त्यस्तै झापा र उदयपुरमा १–१, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेका छन्।

मोरङको विराटनगरमा मात्र २२ महिला ३८ पुरुष गरी जम्मा ६० जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै बुढीगंगामा २५ पुरुष, कटहरीमा २ महिला १ पुरुष, सुनसरीको इटहरीमा ३ महिला १० पुरुष, दुहवीमा ३ पुरुष, धरानमा १ महिला र बराहक्षेत्र र राधुनीमा १–१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, इलामको सन्दकपुरमा ४ पुरुष, झापाको विर्तामोडमा १ महिला र उदयपुरकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २६ पुगेको छ। प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here