सिम गाउँका २० परिवार विस्थापित

३० श्रावण २०७७, शुक्रबार मा प्रकाशित

बाजुरा,

साउन २५ गते अविरल वर्षासँगै बूढीगङ्गा नदीमा आएका बाढीका कारण जिल्लाको गौमूल गाउँपालिका–२ सिम गाउँको सिङ्गो बस्ती नै विस्थापित बनेको छ । बूढीगङ्गा नदीको मुहान गौमूल नजिकै पर्ने कुहुनाको पहिरोले नदी थुनिएर आएको बाढीका कारण सिमको सिङ्गो गाउँ नै विस्थापित बनेको हो ।

गाउँमा बसोबास गर्ने २० वटै परिवारका घर, पहिरोले बगाएर क्षति पु¥याएको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताउनुभयो । २० परिवार बसोबास गर्ने सिङ्गो गाउँ नै सार्नु पर्ने गरी विस्थापित बनेको थापाको भनाइ छ । उपाध्यक्ष थापा नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ । अधिकांश घर भत्किसकेको र केही पहिरोले पुरिएको अवस्थामा रहेका छन् ।

२० वटै परिवार अहिले गाउँ नजिकैको खुला चौर र गोठखरकमा बास बसिरहेको अवस्था रहेको छ । नजिकै बस्नलाई सुरक्षित जमिन पनि नभएको र सोही स्थानमा बस्न पहिरोको डर भएकाले नयाँ विकल्प खोजी गर्न जरुरी रहेको उपाध्यक्ष थापाको भनाइ छ ।

तत्कालका स्थान्तरण गर्न जरुरी देखिए पनि दीर्घकालीन समाधानका लागि बस्ती नै सारेर अर्को विकल्प तय गर्नुपर्ने गाउँपालिकाको तयारी छ । घर पहिरोमा पुरिएर क्षति भए पनि स्थानीयलाई खान बस्नसँगै लगाउने कपडाको समेत समस्या देखिएको छ । गाउँको बीचको पुल बगाएर आवतजावत समस्या भएपनि स्थानीय सुरक्षित अवस्थामा रहेको पाइएको छ । सिमजस्तो उठिबास नै अजय टोट्की गाउँमा नभएको बताइएको छ । सिमका २० परिवारका लागि खान बस्नमात्र समस्या देखिएको छ ।

पालसहित खाद्यान्न र लत्ताकपडासहित आवश्यक छ । सिममा १२३ जनाको बसोबास छ । उनीहरू सबै घर बाहिर खुला आकाशमा बस्न बाध्य छन् । सिङ्गो बस्ती नै उठिबास भए पनि बालबालिका, वृद्धवृद्धा, गर्भपती तथा सुत्केरीका लागि बढी समस्या भएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here