कोरोनाबाट विराटनगरमा एक संक्रमितको मृत्यु

३० श्रावण २०७७, शुक्रबार मा प्रकाशित

काठमाडौं,

कोशी अस्पताल विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

उपचारको क्रममा सिराहको विष्णुपुर गाउँपालिका १ का ४० वर्षिय पुरूषको बिहीबार राति मृत्यु भएको हो। निमोनिया भई स्वासप्रश्वासमा समस्या भएका बिरामीको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए।

मृतक मंगलबार राति अस्पतालको आइसालेशनमा भर्ना भएका थिए। उपचारको क्रममा रहेका उनलाई कोरोनाको लक्षण देखिएपछि बिहीबार दिउँसो ११ बजे स्वाब संकलन गरि परीक्षणको लागि पठाएको थियो।

प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा ७ बजे कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ। यसअघि कोशी अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा विराटनगरका ३ र रंगेलीका एक जना छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here