पीसीआर ल्याबका लागि सहयोग जुट्दै

३० श्रावण २०७७, शुक्रबार मा प्रकाशित

तुलसीप्रसाद निरौला / बिर्तामोड । 

एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको कनकाई नगरपालिका–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापना गरिएको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याबका लागि सहयोग जुट्ने क्रम जारी छ ।

सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापित पीसीआर परीक्षण प्रयोगशालाका लागी शिवसताक्षी नपा –११ का वडाध्यक्ष तथा सतासी निर्माण सेवाका सञ्चालक भैरवकुमार श्रेष्ठले २१ हजार एक सय पाँच रुपैयाँ प्रदान गरेका छन् ।

उक्त रकम वडाध्यक्ष श्रेष्ठले ‘एकका लागि एक’ अभियानका सदस्य तथा रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानका सचिव यज्ञराज (गोपाल)ओलीलाई हस्तान्तरण गरेका थिए । त्यस्तै शुलभ बचत तथा ऋण सहकारी संस्था शिवसताक्षी नपा –११ झिलझिलेले २१ हजार रुपैयाँ प्रदान गरेको छ । उक्त रकम संस्थाका अध्यक्ष कृष्ण खरेलले ‘एकका लागि एक’ अभियानका सदस्य तथा रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानका सचिव यज्ञराज (गोपाल)ओलीलाई हस्तान्तरण गरेका थिए ।

त्यस्तै शिवसताक्षी नपा –११ झिलझिले निवासी वालकुमारी अधिकारी न्यौपानेले पाँच हजार रुपैयाँ प्रदान गरेकी थिइन् । शिवसताक्षी नपा –७ व्याङडाँडा निवासी पृथ्वीनाथ शाहबाट दुई हजार पाँच सय रुपैयाँ प्रदान गरेका छन् । उनीहरुले उक्त रकम ‘एकका लागि एक’ अभियानका सदस्य तथा रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानका सचिव यज्ञराज (गोपाल)ओलीलाई हस्तान्तरण गरेका थिए ।

उनीहरुले कोरोना संक्रमितको परिक्षण गर्न झापामा पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुनु झापावासीकै लागी गौरवको विषय भएकाले आफूहरुले रकम प्रदान गरेको वताएका थिए । पछिल्लो समय पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि दाताहरु उत्साहित भएको वताउँदै ‘एकका लागि एक’ अभियानका सदस्य ओलीले सवैको सहयोगले पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि सहज भएको बताए । उनले पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउन प्रदेश सरकार , स्थानीय सरकार लगायत सवैलाई आग्रह गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here