सरकार सबै नगारिकको हुन सकेन : सिटौला

३० श्रावण २०७७, शुक्रबार मा प्रकाशित

दमक ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिलेको सरकार कम्युनिष्टहरुको लागी मात्रै रहेको बताउनुभएको छ ।

झापाको कमल गाउँपालीकास्थित लखनपुरमा आज अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिटौलाले आप्mना कार्यकर्तालाई मात्रै सरकारले जनता देख्ने गरेको टिप्पणी गर्नुभयो । अहिले कम्युनिष्टहरुको लागि मात्रै सरकार रहेको र अन्य नागरिकको बेहाल भएको भन्दै नेता सिटौलाले कोरोना संक्रमण नियन्त्रणका लागी गरिएको लकडाउनको अवधिमा श्रमिकहरु बिचल्लीमा पर्दा पनि सरकारले नहेरेको आरोप लगाउनुभयो ।

हजारौं श्रमिकहरु राजधानी काठमाण्डौबाट पैदलै गाउँ फर्किंदा समेत सरकारले नदेखेको भन्दै उहाँले आप्mना कार्यकर्ता बाहेक अरुलाई जनतानै नदेख्ने शैलिका कारण लाखौं नेपालीहरु विदेशमा अलपत्र पर्दा पनि सरकारले उद्धार नगरेको बताउनुभयो ।

सरकारले अदालतदेखी प्रशासनसम्म आप्mनो कब्जामा पार्न खोजेको भन्दै उहाँले लोकतन्त्रका लागि लडेको कांग्रेसलाई त्यो सैह्य नहुने बताउनुभयो । कांग्रेसले कुनै पनि किसिमको अधिनायकबाद नसहने भन्दै उहाँले मुलुक कम्युनिष्ट अधिनायकबादमा फस्न लागेको बताउनुभयो ।

अर्को फरक प्रशंगमा बोल्दै नेता सिटौलाले कांग्रेसको आगामी महाधिवेसनबाट आउने नेतृत्वले सबै कार्यकर्ताको भावना समेटेर बृहत कांग्रेस निर्माण गर्नुपर्ने बतउनुभयो । अहिले युवा पुस्ताको आकर्षण कांग्रेसमा बढिरहेको भन्दै उहाँले सबैलाई समेटेर एउटै कांग्रेस बनाउने नेतृत्व चुन्नु पर्ने बताउनुभयो ।

यसैबीच झापाको कमल गाउँपालीकामा बिभिन्न पार्टी परित्याग गरी करिब दुई सय व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेता सिटौलाले स्वागत गर्नुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here