सरकार भ्रष्टचारमा चुर्लुम्म डुब्यो–सिटौला

३० श्रावण २०७७, शुक्रबार १७:२६ मा प्रकाशित

विनोद सापकोटा / झापा ।

Advertisement

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेकपा नेतृत्वको सरकार भ्रष्टचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा शुक्रबार झापाको दुधेमा नव प्रवेसीलाई सुभकामना दिदै सिटौलाले भने, केपी ओली नेतृत्वको सरकारले वडा देखी प्रधानमन्त्री निवास सम्मका कार्यालयमा भ्रष्टचार गर्ने गरेको खुलाए । सिटौलाले कम्न्युष्ट पाटीका आफ्ना गिरोहले सरकारमा भष्टचार गर्ने गरेको खुलाए । कोरोनाको यस्तो संक्रमणका बेला पनि भष्टचार हुने गरेको आम संचार माध्यममा आउने गरेको उनले बताए ।

कोरोना संक्रमणको महामारी रोक्न किनेका स्वास्थ्य सामग्रीमा पनि सरकारले भष्टचार हुने गरेको आम चर्चाको विषय छ । उनले भने सरकारको ध्यान नियन्त्रण तर्फ छैन । सरकारले जनतालाई कसरी सुसासन दिउ, कसरी पारदर्शीता दिउ, कसरी जनता प्रति जवाफदेही बनौ, कसरी जिम्मेदार बनौै, उनले भने त्यता पटी पटक्कै ध्यानै छैन । मात्र रुपैयाँ कसरी कमाउन सकिन्छ, कसरी भष्टचार गर्न पाईन्छ, कसरी सत्ता जोगाउने, आगामी निर्वाचन मा कसरी क्याप्चर गरेर निर्वाचन जित्ने त्यो बाटोमा सरकार छ ।

उनले भने, कसरी न्यायपालीकालाई आफ्नो अनुकुल बनाउने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आफ्नो अनुकुल बनाउने , निर्वाचन आयोग, लोकसेवा आयोगको निश्पक्षतामा धाधली गरेर आफ्ना कार्यकर्तालाई भत्र्तिकेन्द्र बनाउने, कसरी प्रहरी र प्रशासनका प्रमुखलाई आफ्नो आफ्नो राजनीतिक कार्यकर्ताको रुपमा प्रयोग गर्ने त्यो रुपमा सरकार लागिपरेको छ ।

नेपाली कांग्रेसले लोकतन्त्रलाई बचाउनका लागि लोकतान्त्रीत सासन पद्धतीलाई बचाउनका लागि फेरी एउटा संघर्षको मैदानमा जानुपर्ने अवस्था छ । नयाँ चरणको संघर्ष नेपाली कांग्रेसलाई आवस्यक रहेको सिटौलाले बताए ।,

नेपाली कांग्रेसका नेता सिटौलाले शिवसताक्षी नगरबाट राष्ट्रिय प्रजातन्त्र पार्टी बाट मेयरका प्रत्यासी उम्मेदवार उमानाथ दाहाल र स्वतन्त्र प्रेम शेर्मा सहित करिव ४ सयको संख्यामा पार्टी प्रवेश गर्नेलाई फुलमाला र अविर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा केन्द्रिय सदस्य तथा पुर्व सामान्य प्रशासन मन्त्री केशव कुमार बुढाथोकी र पार्टीका जिल्ला सभापती उद्धव थापाले नेपाली कांगे्रस अबको निर्वाचनमा ठुलो पार्टीको रुपमा उदाउने बताए ।

पार्टी प्रवेश गरेका मध्ये उमानाथ दहाल र प्रेम शेर्माले नेपाली कांग्रेस बिस्वासीलो र जनताको आस्थाको पार्टी भएकैले आफुहरुले कांग्रेसको विकल्प नखोजेको बताए । उनिहरुले भने, ‘कांग्रेस बाहेकको पार्टीले जनताको समस्या समाधान नगर्ने । आफ्नै कार्यकर्ता, आफन्त र आफ्नो व्यत्तिगत स्वार्थमा मात्र पुरा गर्ने भएकाले ढिलो भएपनि सहि ठाँउमा आएका छौं । कार्यक्रम सतासीधाम सामुदायीक अध्ययन केन्द्रको सभाहलमा करिव ५ सय सहभागीको साथमा भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here