इलाममा फरार अभियुक्त २१ वर्षपछि पक्राउ

३० श्रावण २०७७, शुक्रबार मा प्रकाशित

गणेश अर्याल / इलाम । 

इलाममा एक जना फरार अभियुक्त २१ बर्ष पछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयट इलामबाट खटिइ गएको टोलीले माइ नगरपालिका ४ का ४१ बर्षका दिपक दर्जीलाई पक्राउ गरेको हो । बन मुद्दामा अदालत बाट प्रमाणित भई फरार अवस्थामा रहेका दर्जीलाई शुक्रबार माइ नगरपालिका २ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

२०५६ साल असार ९ गते तत्कालिन जिल्ला अदालतले एक बर्ष कैद तोके पनि दर्जी फरार अवस्थामा लुकिछिपी बस्दै आएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक लालध्वज सुबेदीले बताउनुभयो ।

पक्राउ परेका दर्जीलाई जिल्ला अदालतमा पेश गरेकोमा कैद भूक्तानको लागि कारागार पठाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here