आज बाढी, पहिरो र डुबानको जोखिम, सचेत रहन आग्रह

0
762

काठमाण्डौ ।

पानी परिरहेकाले आज बाढी, पहिरो र डुबानको जोखिम देखिएको छ ।

भिरालो जमिन आसपास पहिरो जान सक्ने र विभिन्न नदीमा एक्कासी बाढी आउँन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले दाङ, बाँके, बर्दिया, कैलाली र आसपास धेरै ठाउँमा ठूलो पानी परेकाले साना नदीमा एक्कासी बाढी आएर होचा ठाउँमा डुबान हुन सक्ने भएकाले बिहान ९ बजेसम्म सतर्क रहन आग्रह गरेको छ ।

यस्तै बबई नदीजलाधारको गुलरिया, रानीजरूवा, रम्वापुरलगायत बर्दियाको धेरै ठाउँमा ठूलो पानी परेको र अझै पर्ने क्रममा रहेकाले आसपासको डुबान भइरहने होचा ठाउँका बासिन्दालाई बिहान १० बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसैगरी धनकुटामा तमोर मुलघाटदेखि सप्तकोशी दोभानसम्मको तटीय क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

यसैगरी गोरखाको बारपाक, आरूघाट, विरेनचोकलगायत धेरै ठाउँमा तथा लमजुङको बेँसीशहर, खुदीबजार लगायत केही ठाउँमा ठूलो पानी परेकाले बाढी र पहिरोको जोखिम रहेको भन्दै महाशाखाले बाढी र पहिरोको जोखिम रहेको जनाएको छ ।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here