बिर्तामोडमा निर्माणाधीन घरको गेटले थिचेर एक बालिकाको मृत्यु, एक घाइते

0
686

बिर्तामोड ।

झापाको बिर्तामोडमा निर्माणाधीन घरको गेटले थिचेर एक बालिकाको मृत्यु भएको छ भने अर्की एक बालिका घाईते भएकी छन् ।

छिमेकीले बनाउँदै गरेको घरको गेटले थिचेर बिर्तामोड–१ को देवी पञ्चकन्यामा शुक्रबार साँझ दुई बालिका गम्भिर घाइते भएका थिए । घाइते दुवैलाई बिर्ता सिटी हस्पिटलमा उपचारका लागि ल्याइएकोमा ८ वर्षकी एन्जल सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

उनकी दिदी ११ वर्षीय एलुन सुनार घाइते भएकी उनको बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ । छिमेकी निर्मला चौहानको निर्माणाधीन घरका लागि ल्याएर राखिएको गेटले किच्दा उनीहरु दुबै घाइते भएका थिए ।

उपचारका क्रममा एक जनाको मृत्यु भएको हो । खेल्ने क्रममा उनीहरुलाई गेटले थिचेको प्रहरीको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here