बुट्टाबारीमा भएको सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

0
742

बिर्तामोड ।

झापाको बिर्तामोडमा भएको सवारी दुर्घटनामा एक ब्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलामको रोङ गाउँपालिका–५ का ४४ वर्षीय जसबहादुर सुनुवार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

बुट्टावारीमा शुक्रवार साँझ भएको दुर्घटनामा साइकलमा सवार सुनुवारलाई मे १ ह ३४९५ नम्वरको टेम्पोले ठक्कर दिएको थियो । घाइते अवस्थाका राईको उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्युभएको प्रहरीले जनाएको छ ।

घटनापछि टुम्पो चालक भद्रपुर–२ का तिलकबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here