झारफुक भन्दै बलात्कार गर्ने पक्राउ

३१ श्रावण २०७७, शनिबार मा प्रकाशित

सल्यान,

झारफुक गर्ने बहानामा बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको शारदा नगरपालिका-८ सिमखर्कका ३८ वर्षीय शंकर वलीले ४० वर्षीया भाउजू नाता पर्नेलाई झारफुक गरिदिन्छु भन्दै बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गएको साउन २० गते राति बिरामी भाउजूलाई भगवती र आफूलाई शिव भगवान बनाएर एक्लै झारफुक गरे सन्चो हुन्छ भन्दै बलात्कार गरेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए। आफु बिरामी भएको र देवरले ‘आफूले फुकेपछि मात्र निको हुने’ भन्दै एक्लै कोठामा राखी रातको समयमा बलात्कार गरेको पीडितले बताइएकी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शिवले भनेको नमाने अनिष्ट हुने भन्दै धार्मिक डर-त्रास देखाई बलात्कार गरेको जाहेरीमा उल्लेख छ। पीडित महिलाले बिहिबार जाहेरी दिएपछि आरोपितलाई बिहिबार नै पक्राउ गरी अनुसन्धानको लागी हिरासतमा राखिएको प्रहरी प्रमुख खतिवडाले बताए।-थाहाखबरबाट

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here