फूलवारीबाट बुवा सार्वजनिक

३१ श्रावण २०७७, शनिबार मा प्रकाशित
  •  
  •  
  •  
  •  
  •  
  •  

बिर्तामोड ।

पछिल्लो समय युटुव च्यानलले लघू चलचित्र निर्माण गर्दै सार्वजनिक गर्ने क्रम बढेको छ ।

विशेषगरी मनोरञ्जन प्रदान गर्ने उद्धेश्यले तयार गरिएका विभिन्न लघू चलचित्र युटुव च्यानलले सार्वजनिक गर्दै आएका छन् । पाथीभरा थीएटर सिने प्रा.लिले निर्माण गरेको लघु चलचित्र ‘बुबा’ सार्वजनिक गरिउको छ ।

युटुयुब च्यानल फुलबारी मिडिया मार्फत वुवाको सार्बजनिक गरेको हो । कुशे औशीको अवसरमा सार्बजनिक बुबामा एउटा बाबुले आफ्ना सन्तानको लागि भोग्ने दुख कष्ट र जिम्मेवारी देखाउन खोजेको छ ।

हाम्रो समाजले आमालाई मात्रै बढी महत्त्व दिदा बुबा प्रति अन्याय भएको भन्दै आमा धरती भए बुवा आकास हुन भन्ने सन्देश दिन खोजिएको लघु चलचित्रका लेखक तथा निर्देशक झापाली कान्छा‘अभिषेक’ ले बताए ।

झापाली बिमल काफ्ले को निर्माण र सुवास लिम्बु को सम्पादन रहेकोे बुवा मा झापाली कान्छा ‘अभषेक ’ झापाली बिमल काफ्ले, फुर्बा, दिपिना लगायको अभिनय देख्न सकिन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here