कमलका युवाले पापड ,गौरादहमा साबुन उद्योग खुल्दै

३१ श्रावण २०७७, शनिबार १७:१९ मा प्रकाशित
  • 110
  •  
  •  
  •  
  •  
  •  
  •  
    110
    Shares

मिलन अधिकारी/ झापा ।

Advertisement

बढदो कोरोना भाइरसको संक्रमणका बीच ग्रामिण क्षेत्रका युवाहरु एकजुट भएर लघु उध्ययमा आकर्षित हुन थालेका छन । उध्योग खोल्न उत्साहि युवाहरु मध्ये कोहि विदेशमा श्रम गरेर फर्किएका छन भने कोहि विदेश जाने सोचलाई बिर्सिएर स्वदेशमै स्वरोजगार हुनुपर्छ भनेर लागेका छन् ।

झापाको कमल गाउँपालिकामा कोरियावाट फर्किएका युवाले कोरियामा सिकेको सीपलाई स्थानिय ठाउँमा उपयोग गर्दै स्वरोजगार हुन पापड उध्योग स्थापना गर्ने भका छन् । स्थानीय कमल ओझा सहित पाँच जनाको संयुक्त लगानीमा सो उध्योग स्थापना हुन लागेको हो । कोरियामा दुई बर्ष बिताएर स्वदेश फर्किएका ओझाले कोरियामा गरेको काम र सिकेको सीपको उपयोग आफ्नै देशमा गर्न कम्मर कसेका हुन् ।

उध्योगमा स्थापनामा स्थानिय बाबुराम थापा , कमल ओझा , सुमन कार्की र आमा सीतादेबि ओझाले साथ दिएका छन । स्थानीय स्तरमै फलाउन सकिने मुगलाल , उरठ दाल जस्ता कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गर्न सकिने पापड उध्योग कमल गाउँपालिका ५ मा ३० लाख रुपैयाको प्रारम्भिक लगानीमा स्थापना हुन लागेको हो । दशैं सम्ममा उत्पादन बजारमा पुर्याउने लक्ष राखेर युवाहरुले उध्योगको शुक्रवार कमल गाउँपालिका ५ का वडा अध्यक्ष डम्वरबहादुर निरौलाद्धारा शिलन्यास गराएका छन ।

त्यस्तै गौरादह वडा नं ६ दामुना नजिक शान्ति चौकमा साबुन उध्योग संचालन हुन लागेको होे । गौरादहका ६ का स्थानीय देबराज बुढाथोकि , खेमराज कडरिया र कमल श्रेष्ठको संयुक्त लगानीमा सो उध्योग संचालन गर्न लागिएको संचालक कमल श्रेष्ठले जानकारी दिए । सुरुमा ५० लाख रुपैँया लगानी गरेर खोल्न लागिएको उध्योगले लुगाधुने साबुन, भाडा माझ्ने साबुन , हारपिक र फिनायल उत्पादन गर्ने बताईएको छ ।

लघु उध्योगबाट उत्पादित सामाग्रीहरु आउदो असोज १ गते विश्वकर्मा पुजाको दिनबाट बजारमा आउने बताईएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here