एनआइसी एसिया बैंकका कर्मचारीलाई कोरोना संक्रमण

३१ श्रावण २०७७, शनिबार मा प्रकाशित

बिर्तामोड।

झापाको बिर्तामोडका एक बैंक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बिर्तामोडस्थित एनआइसी एसिया बैंकमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लगाईले जानकारी दिए ।

पाँच दिनअघि बिर्तामोड नगरपालिकाले १७६ जनामा मास टेष्टिङ गरेको थियो । उनी केही समय अघि मात्रै विराटनगरबाट बिर्तामोड बिर्तामोड आएको बताइएको छ ।

झापामा शनिवार एक जनालाई मात्रै कोरोना संक्रमण देखिएको छ । उनी सवारी चालक भएको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here