हत्या आरोपमा कामती पक्राउ

0
429

भद्रपुर, कात्तिक १ । कुटपिटपछि घाटी थिचेर वृद्धाको हत्या आरोपमा प्रहरीले भद्रपुरवाट एक व्यक्तिलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर– ३ का ४५ बर्षीय सोवित कामती रहेका छन् ।
असोज २८ गते विजया दशमीका दिन भद्रपुर–७ स्थित भानुनगरमा डेरी गरी बस्ने अन्दाजी ७५ बर्षीय गीतादेवी घोषलाई उनकै कोठामा गएर कामतीले हत्या गरी फरार भएको र उनलाई विशेष सुराकीको आधारमा भारतको गलगलियाबाट प्रहरीले पक्राउ गरेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक जगन्नाथ खनालले बताए ।
उनी गीतादेवीका छोरो खोकन घोषको भारतवाट माल सामान ल्याईदिने काम गर्दै आएका थिए  ।  घटना विवरण अनुसार कामतीले तासमा पैसा हारेपछि पैसा माग्न घोषको घरमा पुगेको र खोकन दशैं मनाउन ससुराली गएका वखत घरमा एक्लै रहेकी गीतादेवी माथि रिस पोख्दै कुटपिट पछि घाटी थिचेर हत्या गरि फरार भएको  जिल्ला प्रहरी कार्यालय झापाका मुद्धा फाँटमा कार्यरत प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले बताए । पक्राउ परेका कामतीलाई कर्तव्य ज्यान सम्बन्धी मुद्धा चलाउने तयारी भइरहेको पौडेलले बताए । हत्या सम्लग्न कामती यस अघि पनि विभिन्न अपराधिक क्रियाकलामा सम्लग्न भई जेल जीवन विताइसकेको प्रहरीको पछिल्लो विवरणले देखाएको छ ।